एक सय दुई सहभागीबाट थुप्रै चरण पार गर्दै उत्कृष्ठ ५ छनौट गरिएको हो
गायन प्रतिभा खोज्नेक्रममा ‘दोस्रो इलाम तारा’ प्रतियोगिताअन्तर्गत टप टेन छनौट भईसकेको छ । साउनदेखि सुरु प्रतियोगितामा सहभागी एक सय दुई युवा युवतीमध्ये बाट उत्कृष्ठ १० छनौट गरिएको हो । प्रतियोगिताको फाइनल दसैंअघि नै अर्थात् असोज तेस्रो साता सम्पन्न हुनेछ ।
सिर्जनशील युवा सांगीतिक विकास संघद्वारा आयोजित प्रतियोगिताको सुरुमा इलामका विभिन्न स्थानबाट गायनमा रुचि राख्ने एक सय दुईजना सहभागी भएको र उनीहरुलाई विभिन्न चरणमा अडिसन लिँदै टप टेन छनौट गरिएको संघका संयोजक रोशन राईले बताए । इलाम ताराको पहिलो भाग ‘सफल’ भएपछि त्यसैको निरन्तरताको रुपमा ‘दोस्रो इलाम तारा’ आयोजना गरेको हो ।
पहिलो चरणमा एक सय दुईबाट ६४ जना छनौट गरिएको जनाउँदै संयोजक राईले अडिसनमा ६४ बाट ३८, ३८ बाट २३, २३ बाट १७ र त्यसबाट उत्कृष्ठ १० छानिएको बताए । ‘कतिपय सहभागी राम्रो सम्भावना बोकेका हुँदाहुम्दै पनि सबैलाई समेट्न नसकिने भएकाले छनौटमा परेनन्’ राई भन्छन्, ‘टप टेनमा आइपुगेकाहरु गायनमा आशलाग्दा छन् ।’
सहभागीलाई सुरुमा ‘ओपन भ्वाइस’ अर्थात् संगीतबिनै गाउन लगाइएको र दोस्रो चरणदेखि मात्रै ट्रयाकमा गाउन दिइएको उनी बताउँछन् । टप टेन छनौट गर्नेक्रममा सहभागीले एउटा राष्ट्रिय र अर्को लोकगीत गाउँदै आफ्नो प्रतिभा देखाएका थिए । सदरमुकामस्थित कर्मचारी मिलन केन्द्रको हलमा दिनभर सांगीतिक माहोल चलेको थियो ।
साँच्चै नबुझ्ने हौ कि नबुझ्ने हौ कि बनुझेजस्तै बन्छौ’ँ
अघिल्लो प्रतिस्पर्धामा उपस्थित हुन नसकेका सुन्दर लिम्बूलाई यही देशको चिन्ताले अगाडि बढ्ने बाटो खालिदियो ।
अघिल्लो प्रतिस्पर्धामा शारीरिक अस्वस्थताका कारणले भन्दै आयोजकले दुईवटा गीत गाउन दिएर लिम्बूलाई सोमबारको प्रतिस्पर्धामा सहभागि गराउने जानकारी दिएपछि स्टेजमा पुगेका लिम्बूले इलाम ताराको टप फाइभमा पर्ने अवसर हात पारे ।
निर्णायक राजेश चाम्लिङले लिम्बूलाई नाम जस्तै सुन्दरताको वयान गर्दै केही सुझाव दिए ।
यस्तै टप टेनबाट टफ फाइभको प्रतिस्पर्धाका लागि उभिएकी प्रनिता राई पनि उनै निर्णायक राजेशको निर्णयबाट अगाडि बढ्न सफल भइन् । ‘मै मोरीलाई लिन परदेशी आउँछ रे चिठीमात्र लेखेछ’
सुरिलो स्वरलाई ट्याक संगीतमा मिसाउँदा साँच्चै इलामको अर्को तारा त्यही स्वरम छ कि भन्ने भान हुन्थ्यो । निर्णायक राजेशलाई साथ दिइरहेका गायक सुवरा वाङ्गदेल र पहिलो इलाम तारा विजय फागो पनि प्रतियोगिताका गीतमा लठ्ठ थिए । एक सय दुई जना प्रतिस्पर्धीबाट सुरु भएको दोस्रो इलाम तारामा टप फाइभमा आइपुग्दा सुन्दर र प्रनिता सहित भावना राई, आशिष लिम्बू र जुनु प्रसाई टप फाइभमा पर्न सफल भए ।
क्रिएटिभ यङ म्युजिक डेभलपमेन्ट अर्गनाइजेशनको आयोजनामा भइरहेको दोस्रो इलाम ताराको फाइनल भने आगामी असोज २३ गते हुने आयोजक रोशन राईले जानकारी दिए । फाइनलमा जेनिस लामा (योकस्तो यात्रा रहेछ...) गायक राजेश चाम्लीङ, गायक महेन्द लिङदम, प्रथम इलाम तारा विजय फागोको गायन साथमा फ्ल्यक्सीवल डान्स सेन्टर फिक्कल र दार्जिलिङका हिपप लिरिकल कन्टेम्परी र कल्चरल नृत्यहरु प्रस्तुत हुने पनि राईले जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत ‘इलाम तारा–२’ को उपाधि जित्नेलाई पुरस्कारस्वरुप २५ हजार रुपैयाँ नगद दिइने उल्लेख गर्दै संयोजक राईले दुईटा गीतसमेत निःशुल्क रेकर्डिङ गराइदिने र एउटा गिटारसमेत दिने व्यवस्था गरिएको बताए । ‘यस्ता प्रतियोगिताले गाउँघरमा सीमित प्रतिभा उजागर गर्ने काम गर्छ’ उनी भन्छन्, ‘अवसरको ढोका खोल्ने माध्यम हो यो ।’


0 comments:
Post a Comment