झापामा सुपारी तस्कर र प्रहरी बीच गोलीहानाहान ।


झापा ः झापाको दक्षिणी केचनास्थित नेपाल(भारत सीमानाकामा नेपाल प्रहरी र सुपारी तस्करहरुबीच गोली हानाहान हुँदा एक महिला घाइते भएकी छन् ।

सुपारी तस्करसँग भएको गोली हानाहानमा प्रहरीको गोली लागेर एक महिला घाइते भएकी छन् । गोली लागेर घाइते हुनेमा केचना गाविस(५ निवासी ५५ वर्षीया द्रौपदी गणेश रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नेपालबाट ठूलो परिमाणको सुख्खा सुपारी भारततर्फ तस्करी भइरहेको सूचना पाएपछि पुगेको प्रहरी र भारतीय नागरिकबीच विवाद बढ्दा प्रहरीमाथि ढुङ्गामुढा हानिएको थियो ।

दशगजामा भएको विवादका क्रममा भारतीय भूमिबाट नेपाल प्रहरीमाथि ढुङ्गामुढा र गोली हानेपछि प्रहरीले जवाफी कारवाहीका क्रममा गोली चलाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए ।

भारतीय पक्षबाट ४ राउण्ड गोली हानिएपछि जवाफी कारवाहीका क्रममा नेपाल प्रहरीले १३ राउण्ड हवाई फायर गरेको हो ।

प्रहरीले केचनाबाट ४० बोरा सुख्खा सुपारी बरामद गरेपछि बढेको विवादले उग्ररुप लिँदा त्यहाँ तनाव भएको हो ।

प्रहरीले फायरिङ गरेको गोलीको छर्राले तिघ्रामा लागेर गणेश घाइते भएको प्रमुख जिल्ला जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताए ।

घाइते महिलाको भद्रपुरस्थित ओमसाई अस्पतालमा उपचार भइरहेको छ । दसगजा क्षेत्रबाट प्रहरीले दुई ट्याक्टर सुख्खा सुपारी बरामद गरेपछि नेपाली व्यापारी र भारतीय व्यापारीहरुबीच विहान तनाव भएको थियो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment