
भारतीय नाकाबन्दीको विरोधमा सुनसरीको इटहरीमा बुधबार वृहत र्याली निकालिएको छ। इटहरी भरीका उच्च मावि तथा कलेज गरी डेढ दर्जन बढी शैक्षिक संस्थाका तीन हजार बढी विद्यार्थीको सहभागितामा र्याली निकालिएको हो। र्यालीमा सहभागि विद्यार्थीहरुले नाकाबन्दी फिर्ता गर्नुपर्ने, पारवहन अधिकार सुनिश्चित गर्नुपर्ने माग
राखेका थिए। नाकाबन्दीले चरम संकट निम्तिँदै गएको भन्दै उनीहरुले नाकाबन्दी तत्काल फिर्ता गर्न माग गरिएका प्लेकार्ड बोकेका थिए।
आन्दोलनको प्रभाव कम परेका कारण इटहरीका शैक्षिक संस्था भने सञ्चालनमा छन्। तर नाकाबन्दीका कारण इन्धन संकट चुलिँदा क्याम्पस सञ्चालनमा समेत कठिनाइ भएको क्याम्पसका प्रतिनिधिहरुले जनाएका छन्।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता
0 comments:
Post a Comment