सुनसरीको भण्टाबारीमा भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा चार नेपाली घाइते

वेदराज पौडेल, इटहरी
सुनसरीको भाण्टाबारीमा भारतीय सीमा सुरक्षा फौज (एसएसबी)ले गोली चलाउँदा स्थानीय चार जना नेपाली गोली लागी घाइते भएका छन्


हरिपुर गाविस–७ मा पर्ने भाण्टाबारी पूर्व दशगजा क्षेत्रमा एसएसबीले बिहान साढ ६ बजे गोली चलाएको थियो । एसएसबीको गोली लागि हरिपुरकै आशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव रहेको सुरक्षा स्रोतले जनाएको छ ।

गोली लागि घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

घटनाको पुष्टि गर्दै प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले मल ल्याउने क्रममा क्यारियरवालासँग विवाद भएपछि एसएसबीले गोली चलाएको तर गोली स्थानीयलाई लागेको बताए ।

घटनाको थप अनुसन्धान जारी रहेको प्रहरी उपरिक्षक संजयराज शर्माले बताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment