सुनचाँदीको भाउ ओरालिदो

इलाम, ५ मङ्सिरः एक सातामा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनु
सार यो साता पनि सुनचाँदीको भाउ ओर्लने क्रम जारी रहेको छ ।  साताको पहिलो दिन आइतबार सुनको मूल्य ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा अन्तिम दिन शुक्रबारसम्म आउँदा ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अमेरिकी अर्थतन्त्रको सुदृढ अवस्थाले गर्दा अमेरिकी डलर मजबुत रहँदा सुनको मूल्यमा गिरावट आएको व्यवसायी महासंघको भनाइ छ । अबको सातामा पनि डलर मजबुत रहेकाले सुनको मूल्यमा गिरावट आउन सक्ने अनुमान महासंघको छ । चाँदीको भाउ पनि यो एक सातामा ५  रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ६ सय ८० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार सम्ममा ५ रुपैयाँले घटेर ६ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment