आज २७ पेट्रोलियम सहित ९९ गाडि भित्रिए

इलाम, नेपालगन्ज रुपैडिया नाका सहज बन्दै गएको छ। शनिबार पनि भारतबाट २७ वटा पेट्रोलियम पदार्थ र ७२ वटा मालबाहक ट्रकहरु निर्बाध रुपमा नेपालगन्ज भित्रिएका छन्।
भारतीय सीमा सुरक्षा बल एसएसबीको अबरोध हटे पछि नाका सहज भएको हो।
दशगजा क्षेत्रमा मधेशी मोर्चाको कार्यकताहरुको अबरोध पनि हटे पछि नाकाबन्दी हटे जस्तै देखिएको छ।
पछिल्ला दिनहरुमा नेपालगन्ज भन्सार कार्यालय पनि लक्ष्य अनुरुप नै एक करोड भन्दा बढी नै रास्जश्व सङ्कलन गर्न थालेको छ।
भन्सार नाकामा अवरोध नहुदा सामान्यतया दैनिक १ करोड राजस्ब संकलन गर्दै आएको नेपालगन्ज भन्सार कार्यालयले नाका सहज भई एकै दिन ठुलो संख्यामा पेट्रोलियम पदार्थ र मालबाहक ट्रकहरु निर्बाध रुपमा नेपालगन्ज भित्रिएका कारण राजस्ब संकलन समेत बृद्धि भएको हो।
नाकाबन्दी हटे पछि खाद्यान्न तथा पेट्रोलियम पदार्थ, सिमेन्ट , कपडा र मोटर पार्ट्सका सामानहरु बोकेका मालबाहक ट्रकहरु नेपाल भित्रिन थालेका छन्।
दुई दिन देखि लगायत रुपमा पेट्रोलियम पदार्थ र मालबाहक ट्रकहरु निर्बाध रुपमा नेपालगन्ज भित्रिए पछि नेपालगन्जमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको बितरण समेत सहज बन्दै गएको छ।
0 comments:
Post a Comment