
गोर्खे , हिमालय उमावि गोर्खेमा भएको एक भेलाले पुकार खापुङको अध्यक्षतामा नेपाल विद्यार्थी संघको मावि इकाई समिति गठन भएको छ । समितिको उपाध्यक्ष त्रय वविता पोख्रेल, अजय शाह, शारदा सुनुवार चयन भएका छन् । त्यस्तै सचिव पृथ्वी तामाङ, सह सचिव द्धय कपि
ल पाण्डे र अर्पना तामाङ साथै कोषाध्यक्षमा सुम्नीमा राई रहेका छन् । अन्ठाउन्न सदस्यीय समितिको सदस्यहरुमा सुरज दास, बिमला थापा, शारदा सापकोटा, यमुना राई लगायत रहेका छन् । गठन कार्यक्रममा नेवि संघका जिल्ला उपाध्यक्ष प्रकाश भट्टराई, संघका जिल्ला कार्य समिति सदस्य जिवन तामाङ, संजिव ढकाल र महेश सापकोटाले शुभ कामना मन्तव्य साथै नेविसंघका धारणा वारे प्रकाश पारेका थिए ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता
0 comments:
Post a Comment