इलाम, भारत सरकारले लगातार र जोड दिएर भनिरहेको छ कि उसले नेपालमाथि कुनै नाकाबन्दी गरेको छैन । तर, पनि नेपालमा ग्यास, पेट्रोल र औषधिसहित दैनिक उपभोग्य बस्तुहरुको चर्को अभाव छ । सुनौली नाकामा उभिँदा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दिएको बयानको
निहितार्थ देखिनेछ ।
बास्तवमा यो नियन्त्रित नाकाबन्दी हो, जसको रिमोट कन्ट्रोल माथि कुनै अज्ञातको हातमा छ । यहाँ जमिनमा भने उसको नाममा थुप्रै खेलहरु भइरहेको छ ।
विदेशमन्त्री स्वराजले राज्यसभामा भनेकी थिइन् कि भारतको तर्फबाट जाने ट्रकहरुलाई नेपालकै मधेसी आन्दोलनकारीहरुले रोकेका छन् ।
सुनौली नाकामा कुनै आन्दोलन छैन । फेरि पनि दुई तीन दिनमा एक पटक निर्धारित संख्यामा ट्रकहरुलाई जान दिइन्छ । जसको लाइन १४ किलोमिटरभन्दा बढी छ । जव कि बस र अन्य सवारी साधान आवत जावतमा कुनै अवरोध छैन ।
त्यसो भए ट्रकलाई मात्र किन रोक रु यो मात्र होइन, हरेक प्रश्नको जवाफमा भारतीय भन्सार अधिकारीहरु माथिको आदेश भन्छन् ।
माथिको कसको आदेशले भन्ने प्रश्न गर्दा उनीहरु हाँस्छन् मात्र । यसको अर्थ हुन्छ तपाई कति साझो हुनुहुन्छ कि जसलाई नेपालका ५ वर्षको बच्चाले पनि गाली गरिरहेका छन्, उसलाई चिन्नु हुन्न ?
पारीतर्फ नेपालमा गएर प्रश्न गर्ने हो भने आश्चर्य लाग्दो प्रतिप्रश्न आउँछ । कस्तो छिमेकी हो तपाई ? हाम्रो संविधान बन्न पाएको छैन, संशोधन गराउन थाल्नुभो ? हामीले मानेनौं भने खानापानी बन्द गर्न थाल्नुभयो ? यस्तो लाग्छ, पत्रकार पनि भारत सरकारकै प्रतिनिधि हो ।
भन्सार अधिकारीहरुको दाबी छ कि अब हरेक दिन करिव १०० ट्रक जाँचपछि जान दिइएको छ । तर, नेपालतर्फ पठाउनका लागि कुन ट्रक छानियो ? यसमा केही यसमा केही खेल र दाउपेज छ ।
महाराजगञ्ज जिल्लाको कोल्हुई र नौतनवामा इण्डियन आयल कर्पोरेन र नेपाल आयल निगमको एलपीजी ग्यासका बुलेटहरुलाई लाइनबाट हटाएर चौरमा राखिएको छ ।
औषधि बोकेका ट्रकहरुलाई प्राथमिकताका आधारमा जान दिइएको छ । तर, पेट्रोल, डिजेल र ग्यास बोकेका ट्यांकरहरुलाई पुलिस जान दिँदैन । यस्तै मार्बल, कार बाइक बोकेका ट्रकहरुलाई पनि जान दिइएको छ ।
नेपालमा सबैभन्दा अभाव इन्धनको छ । ट्रकको लामा हेर्न पुगेका रमितेहरु पनि भन्छन् कि हिडडुल गर्न समते बन्द गरेर। भारत नेपाललाई बाध्य पार्न चाहन्छ ।
ट्रक चालकहरु भन्छन् कि दुई महिनादेखि लाइनमा राखिएका ट्रकमा कुुन जाने भन्नेमा पनि पुलिसले पैसा लिन्छ । त्यसको आफ्नै रेट छ । सामान्य ट्रक छ भने ३०० तथा ठूलो छ भने ५०० । कन्टेनरका लागि अझ धेरै । किनकी एक कन्टेनर यदि एक दिन रोकियो भने सामान मगाउने कम्पनीलाई करिव १३ हजार घाटा लाग्छ ।
यस बेला सुनौली नाकाको सडक र नौतनवा रेलवे स्टेशनमा लगभग २० अर्बको भारु बराबरका सामान रोकिएका छन् । ट्रकबाट सामान झारेर साना गाडी र ठेलामा राखेर सीमा पार गराउने प्रयास पनि हुने गरेको छ ।
नेपालका व्यापारी र उद्योगहरुले आफ्नो अर्डर रद्द गरेका छन्, किनकी कसैलाई थाहा छैन कि नाकाबन्दी कहिले अन्त्य हुन्छ ।
भ्रष्टाचारको आरोपके सोध्दा प्रहरीहरु आफूहरुलाई बदनाम गरेको बताउँछन् । पुलिस भन्छन्(हाम्रा अफिसरहरुलाई केन्द्र र युपीका मन्त्री र ठूला नेताहरुको फोन आइरहन्छ कि उनको खास उद्योगपतिको ट्रक जान देउ । जब हामी उनीहरुको आदेशमा लाइनबाट निकालेर जान दिन्छौं, हामीमाथि आरोप लाग्छ ।’
(यादवले बीबीसी हिन्दीका लागि लेखेको भावानुवाद गरिएको हों)
0 comments:
Post a Comment