इलामः तीन वर्षदेखि निरन्तर अग्र्यानिक चिया उत्पादन गरिरहेको साँखेजुङ–७ मा रहेको कञ्चनजङ्घा अग्र्यानिक चिया उद्योगले यस वर्ष एक हजार तीन सय किलोग्राम तयारी चिया विदेश निर्यात गरेको छ ।
स्थानीय कृषक, सहकारी समूह र उद्योगले उत्पादन गरेको उच्च कोटीको अग्र्यानिक चिया ताइवान, जापान र रसियामा बिक्री गरेको हो । उद्योगले दुई हजार रूपैयाँ प्रतिकिलोका दरले २६ लाख मूल्य बराबरको अग्र्यानिक चिया विदेश निर्यात गरेको उद्योगका सञ्चालक डम्बरबहादुर खत्रीले बताए ।
उद्योगले किसान र समूहबाट सङ्कलन गरी प्रशोधन गरेको १० हजार किलोग्राम अर्गानिक चिया विदेश निर्यात गर्न समस्या भएको समेत जनाएको छ । एक पात एक सुइरो भएको चियालाई प्रशोधन गरी उच्च कोटीको चिया तयार पारेको हो ।
विगतदेखि नै किसान र सहकारी समूहलाई समाहित गराएर आइपिएम कृषक पाठशाला सञ्चालन गरेर पूर्ण अग्र्यानिक चिया उत्पादन गरिरहेको कारखानामा विदेशी व्यापारीले चिया परीक्षण गरेर कारखानाबाटै चिया खरिद गरेको कारखानाका मिलनकुमार खत्री बताउँछन् ।
ुउत्पादन भएको अग्र्यानिक चिया सबै विदेश निर्यात हुन्थ्यो तर नाकाबन्दीका कारण विदेशी व्यापारी आउन नसक्दा बिक्री गर्न सकिएको छैन्ु, खत्रीले भने, ुनाकाबन्दी जारी रहने हो भने धेरै चिया बिक्री गर्न समस्या हुन्छ ।ु
नाकाबन्दी अगावै विदेशी व्यापारी आएर चियाको गुणस्तर परीक्षण गरी तयारी बनाएर राखिएको करिब दुई करोड मूल्य बराबरको चिया गोदाममै थन्काउनु परेको कारखानाले जनाएको छ । जिल्लाका हिमालयन साङ्ग्रिला, गोर्खा टी स्टेटलगायत अर्गानिक चिया उत्पादन गरिरहेका कारखानाले पनि नाकाबन्दीका कारण धेरै चिया विदेश निर्यात गर्न नसकेर थन्क्याउनु परेको गुनासो गरेका छन् । रासस

0 comments:
Post a Comment