मङ्गलबारे, इलामको देउमाई नगरपालिका स्थित मङ्गलबारे वजारमा रमाइलो मेला सुरु भएको छ । मेलालाई मिनी महोत्सव नाम दिइएको छ । करिव एक महिना सम्म सञ्चालन हुने महोत्सवमा दैनिक पाँच सय वढि जिल्लावासीको सहभागिता हुने गरेको छ । त्रिवेणी युथ क्लव मङ्गलबारेले आयोजना गरेको महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती सहित विविध कार्यक्रम हुने गरेको क्लवका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए । उनका अनुसार शुक्रबार र बुधबार बिश्वकै होचा ब्यक्ति तथा कलाकार दिपेन शाह (दिपेन सर) सहित टेली सिरियलका कलाकारको प्रस्तुती रहने छ ।
महोत्सव अवधिभरमा चर्चित गायक, कलाकार, तथा हाँस्य प्रस्तुती रहने जनाइएको छ । देउमाई नगरपालिकाको मङ्गलबारेमा आन्तरिक पर्यटक भित्रियाउने र क्लवको आर्थिक उन्नतीका लागि मेला आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
मेला मङ्सिर पच्चिस गते सुरु भएको हो भने पुष १६ गते समापन हुने छ । मेलालाई राजनैतिक दल, उद्योग वाणीज्य संघ मङ्गलबारे, बुद्धिजिवी, संघसंस्था तथा स्थानियले सहयोग गरेको जनाइएको छ । मेलामा देउमाई नगरपालिका सहित जिल्लाभरका पर्यटक जाने गरेको आयोजकको भनाई छ । अझ मेलामा पर्यटक भित्रियाउन नयाँ–नयाँ किसिमका कार्यक्रम थपिँदै लैजाने जनाइएको छ । हाल मेलामा रोटेपङि, मनोरञ्जनात्मक खेल, बालबालिकाकालागि छुट्टै खेल तथा सास्कृतिक कार्यक्रम भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
गत बैशाखमा गएको भूकम्प र नाकावन्दिले निराश भएका जनतालाई हँसाउन मेलाले सहयोग गर्ने विश्वास आयोजकले लिएको छ ।
0 comments:
Post a Comment