चुलाचुली, बालिका बलात्कार गरेको आरोपमा इलाम चुलाचुलीका एक वृद्धलाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एघार वर्षकी बालिकालाई ललाइफकाइ बलात्कार गरेको आरोपमा चुलाचुली–१ का ७० वर्षीय रङ्गलाल दुलाललाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई फकाइफुल्याइ आइतबार बेलुका घरनजिकैको काँसघारीमा दुलालले बलात्कार गरेको प्रहरी निरीक्षक रुद्र चुडालले जानकारी दिए । पक्राउ परेका वृद्धले बालिका बलात्कार गरेको स्वीकारेका छन् । पीडितको अवस्था सामान्य रहेको बताइएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment