राज्य होइन विकास मागौँ

नेपालमा अहिलेसम्म धेरै परिर्वतन भए । नेपाल एउटा विकासोन्मुख देश हो । देश विकासमा लग्नु र चाँडोभन्दा चाँडो देशलाई उन्नतिमा धकेल्नु हामी सबैको कर्तब्य हो । देश विभिन्न मुस्किल परिस्थितिमा गुज्रिएको छ । देशमा परिर्वतको नाममा विभिन्न खाले आन्दोलन भए । देशमा परिर्वतन आयो । यसबीच देशमा के कति विकास भयो त ? अहिलेसम्म देशले विकासमा कति खुड्किला पार गरेको छ ?
नेपालमा परिर्वनका लागि भएका सबै आन्दोलनले देशको विकासलाई पछाडि धकेलेका छन् । देशलाई नयाँ बनाउने बाहनामा पुराना संरचना पनि समाप्त परेका छन् । अहिलेसम्म कुनै पनि संरचना पूर्ण रुपमा निर्माण हुनसकेका छैनन् । परिर्वनको नाममा माओवादी जनयुद्धकालमा भत्काएका गाविस भवन अझैसम्म निर्माण हुन सकेका छैनन् । माओवादीले जङ्गली शैली अपनाएर देशभरि भएका गाविस भवनलाई जलायो । परिर्वनको नाममा विभिन्न अभिलेख जलायो । कुनै पनि देशको इतिहास मेटेर विकास हुँदैन, झन् विनास हुन्छ । देशमा अहिलेसम्म कतिपय गाविसले खुल्ला चौरमा काम गर्नुपेरको छ । के यो विकास हो ? नेपालमा भएका गाविसको कति रेकर्डहरू जलाएर खरानी बनाएका छन् । के यो विकास हो ? अहिले कतिपय रेकर्ड नभेटिएर समस्यामा परेका छन् । 
विकास निर्माणका लागि बनेका कति सामुदायिक भवन भत्किए । प्रहरी चौकी भत्किए । जब आन्दोलन सफल भयो, देशमा परिर्वन आयो । जनताको साथ पाएर सत्तामा पुग्यो । यो समयमा सबै विकास निमार्णका संरचनाको आवश्यकता परेको छ । आन्दोलनले देश अगडि बढ्छ भनेर ठूला भाषण त गरे, तर अहिले अएर त्यो विधम्स मच्चाएका गविस भवन, प्रहरी चौकीको पुनः निर्माण गर्न सकेको छैन । यदि समयमा नै बुद्धि पु¥याएर विकास निर्माणका संरचना नभत्काएको भए अहिले देशले कोल्टे फेरिसकेको हुन्थ्यो । देश विकासमा लग्नुभन्दा पनि आन्दोलनको नाममा देश विनाशमा लागेका छन्, नेपालका सबै राजानीतिक दलहरू ।
नेपालमा जति पनि आन्दोलन भए, ती सबै आन्दोलनले देशको विनास गरेका छन् । देशमा भएका संरचनाहरूको नाम निसाना नरहने गरि भत्काएका छन् । देशमा भएका इतिहास मेटाएका छन् । देशमा परिर्वन आउनको लागि इतिहास मेट्ने होइन, विकास निर्माणमा लग्नु पर्छ । भएका संरचनाको संरक्षण गर्नुपर्छ । इतिहास बाँचेमात्र नेपाल बाँच्नेछ ।
नेपालमा चलिआएको पुरानो रोग हो, आन्दोलनको नाममा तमासा देखाउनु । अहिले भईरहेको मधेश आन्दोलन पनि यसबाट अछुतो छैन । मधेशमा भईरहेको सडक अवरोध, सडकका दगुरेका गाडीको तोडफोड त सामान्य काम नै हो । कुनै कुनै ठाउँमा भएका पक्कि पुलहरू पनि स्काभेटर लगाएर भत्काउन लागेका छन् । यसले देश विकासमा कदापी पनि साथ दिने छैन । आन्दोलनको नाममा हुने तोडफोडको क्षति विवरण अहिलेसम्म के कति भयो भनेर तपाई हामी कसैले हिसाब निकालेका छौँ ? छैनौँ । कदापि पनि छैन । किन कि तपाई हामीलाई यसमा सोच्ने फुर्सद कहाँ छ र श्र यति वटा गाडी जलाईयो, एम्वुलेन्समा तोडफोड गरियो, पुल भत्काइयो । यस्तो गर्दा ठूलो काम गरेकोमा गौरव गर्ने संस्कृति बसिसकेको छ, हामी नेपालीमा । अब, भावी सन्तानले हाम्रो देशबाट के आश गर्ने ?
देशमा विरोध गर्ने अरु कुनै शैली अपनाउन सक्दैन, कुनै पनि राजनीतिक दलहरूले । जहिले पनि जनतालई दुःख दिने खेलमा सबै दलहरू किन लागिरहेका छन् । सबै दलहरूको एउटै तरिका छ विरोधको नेपाल बन्द, सडक बन्द, विद्यालय बन्द, कलकारखाना बन्द । बिहान उठेर कुनै कारखानामा गएर मुजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने मजदुर नेपालमा धेरै छन् । त्यो मजदुरको लागि यो आन्दोलले के फाइदा ग¥यो ? उल्टै उसले बिहान बेलुकाको दुई छाकसम्म खान पाएन ।
नेपालमा नेताहरूले कुरा बुझेर अब, आन्दोलनको शैली परिर्वतन गर्न जरुरी छ । नेपाललाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा तल धकेल्ने खालका आन्दोलन गर्न छाड्न जरुरी छ । नेपाललाई यो समय आन्दोलनको होइन, विकासको खाँचो छ । नेपाल त्यसै त बैशाख १२ र २९ गतेको भुकम्पले थलिएको छ । कतिको घर छैन, कतिको खाने कुरा छैन । यस्तो समयमा पनि आफ्नो स्वार्थको लागि बन्दको आन्दोलन गर्ने कुरा कहिले पनि देश र जनताको पक्षमा हुन्न । त्यसैले यो बन्दको आन्दोलन छोड । हिमालमा बस्ने पनि नेपाली हो । पहाडमा र मधेशमा बस्ने पनि नेपाली हो । हिमालीलाई दुःख हुँदा तराईका बासिन्दाले साथ दिनुपर्छ । पहाडमा खुसी हुँदा तराई र हिमालका जनतालई खुसी बाँडनु पर्छ । 
देश राजनीतिले पिल्सिएको छ । भूकम्पको पीडामा रोहिरहेको देशका नेताहरू सत्ताको खेलमा लागेका छन् । गोरखाको वार्पाकमा पालमुनी बस्ने चिसोमा कठ्याङ्ग्रीएका दोलखाका भूकम्प पीडित र उथलपुथल भएको सिन्धुपाल्चोकलाई नेपाली नेताले कहिले देख्छन् । नेताहरूलाई त जातिजातिमा राज्य बाँड्दैमा फुर्सद छैन । एकाइसौँ सताब्दीमा आएर राईलाई खुम्वुवान राज्य, लिम्बुलाई लिम्बुवान, नेवारलाई नेवा, थारुलाई थरुहट अनि फेरि मधेसीलाई एकमधेस एक प्रदेश दिन्छु । नेपालमा भएका सबै जातिलाई राज्य बाँढ्दै हिँड्ने राजनीतिक दलबाट अझै हामीले के आश गर्ने ? नेपाली जनतालाई राज्यको होइन विकासको खाँचो छ । यहाँ राज्य माग्दै आन्दोलन गर्ने सङ्गठनहरूले के बुभ्mन जरुरी छ भने पूर्वको इलाममा बस्ने पनि नेपाली हो र पश्चिमको कञ्चनपुरमा बस्ने पनि नेपाली हो । जो जहाँ बसे पनि देशले सबैलाई समान अधिकार दिनुपर्छ र ब्राह्मण भयो भनेर उसले राज्यको धेरै अधिकार पाउने होइन र मधेसी भएमा उसले राज्यमा कम अधिकार पाउने होइन । किन बेकारमा मलाई यो अधिकार चाहियो, त्यो अधिकार चाहियो भनेर आपसमा लड्ने । 
देश विकासमा सबै जना जुट्ने हो भने कसैलाई पनि अधिकारको कमी हुने छैन । सबै समान हुनेछन् । त्यसैले आजैबाट अधिकारको कुरा छोडौँ, विकासको कुरा गरौँ । सरकारसँग अधिकार होइन विकास मागौँ । सरकारले पनि राज्य बाँड्न छोडेर विकास बाँड्न थालोस् । तराईमा राज्य र अधिकार मागेर आन्दोलन गर्ने मोहदयहरू पहिला कर्णालीका जनताहरूले कसरी जीवन बिताएका छन्, गएर हेर्नुहोस् । अनि आफुसँग तुलना गरौँ के उनीहरूलाई अधिकार चाहिएको छैन ? किन उनीहरू मौन छन् ? तपाईहरू भन्दा पीडित छन् उनीहरू, तर पनि शान्त छन् । उनीहरूलाई राज्य होइन विकासको खाँचो छ । तपाइँ गोरखा, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप गएर भूकम्प पीडितको घर हेर्नुहोस्, उनीहरूको घर छैन । खानको लागि अन्न छैन । लाउनको लागि न्यानो लुगा छैन । उनीहरूलाई पनि तपाईहरूको जस्तो छुट्टै राज्यको आवश्यकता होइन, बस्नको लागि घर चाहिएको छ । खानको लागि खानेकुरा चाहिएको छ र लगाउनको लागि न्यानो लुगा चाहिएको छ । त्यसैले राज्य पाउँदैमा तपाई हाम्रो केहि हुने छैन । हामीलाई त विकास चाहिएको छ । सरकारसँग राज्य होइन विकास मागौँ । 
राज्यको नाममा पूर्वमा लिम्वुवान वन्द गर्ने, तराईमा मदेशवादी दल बन्द गर्ने । यो बन्दले सबैको माग पुरा हुन्छ त ? तराईका दललाई झापा, सुनसरी र मोरङसहितको तराईको भू–भाग चाहिएको छ लिम्वुवानलाई पनि झापा, सुनसरी र मोरङसहितको पहाडी नौँ जिल्ला चाहिएको छ । यस्तो दुवैका माग एउटै भएपछि पनि कतै समस्याको समाधान हुन्छ ? कदापी हँुदैन । त्यसैले सबैले बन्द हड्तालले एक नेपालीले अर्को नेपालीलाई दुःख मात्र हुन्छ । तराईको अन्दोलनले देशमा ग्याँसको अभाव छ । इन्धनको अभाव छ । मानिसहरू भोकभोकै वस्न बाध्य भएका छन् । यस्तो एक आपसका दुस्मनी बनाउने राज्य माग्न छाडौँ र सरकारसँग विकास मागौँ ।
binayatimsina@gmail.com

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment