शान्तिपुरमा नेविसंघ

 शान्तिपुर उमाविमा भएको बिद्यार्थीको भेलाले हरि प्याकुरेलको अध्यक्षतामा एकचालिस सदस्यीय नेपाल विद्यार्थी संघको इकाई समिति गठन भएको छ । समितिको उपाध्यक्ष तीन जना रचित भट्टराई, अंकिता राई, सोनिया गुरुङ चयन भएका छन् । सचिव रोशन गजमेर, सहसचिव द्धय अञ्जना राई र तेजबहादुर राइ, कोषाध्यक्ष सरिता दर्जी चयन भएका छन् । सदस्यहरुमा आशिष आकाश ढकाल, अनिता कार्की लगायत रहेका छन् । नेपाली काङ्ग्रेस गाउँ कार्य समिति शान्तिपुरका सभापती लक्ष्मिकान्त घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न गठन कार्यक्रममा नेवि संघका जिल्ला उपाध्यक्ष प्रकाश भट्टराई, जिल्ला सदस्य जिवन तामाङ लगायतले नेविसंघको वारेमा जानकारी गराएका थिए ।  

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment