इलाम, संघीय लिम्बुवान पार्टीले थालेको अनिश्चितकालीन चक्काजामको फिर्ता लिएको छ। आइतबार सुरु भएको अनिश्चितकालीन चक्काजाम भोलिपल्टै फिर्ता भएको हो। तीन जिल्ला झापा, मोरङ, सुनसरीका विषयमा एक नम्बर प्रदेशमा रहेका सबै चन्तित रहेकाले लिम्बुवानले उठाएको मागमा पूर्ण समर्थन हुने आश्वासन पाएलगत्तै आन्दोलनको स्वरुप परिवर्तन गरिएको लिम्बुवानका नेताहरुले बताएका छन्। अबको आन्दोलनको स्वरुप कस्तो हुन्छ भन्ने खुलाइएको छैन्। अर्को आन्दोलन शान्तिपूर्ण हुने पार्टीका उपाध्यक्ष खगेन्द्र माखिमले जनाए।
0 comments:
Post a Comment