रियल मड्रिड माथि कारवाही

मंसिर ११, एजेन्सीः स्पेनिस क्लब रियाल मड्रिडले कोपा डेल रे कप प्रतियोगिता खेल्न नपाउने भएको छ । कारबाहिमा परेका खेलाडीलाई प्रतियोगितामा खेलाएको भन्दै रियाललाई प्रतियोगिताबाट निष्कासित गरिएको हो ।
भिल्ला रियालबाट लोनमा भित्राइएका रसियन विङ्गर डेनिस चेस्र्यु लाई रियालले अन्तिम १६ को पहिलो लेगमा खेलाएको थियो । रियालले खेल अघि आफुलाई कुनै जानकारी नभएको दाबी गरेको छ । क्लबलाई ६ हजार युरो जरिवाना समेत तोकिएको छ । रियाल मड्रिडले १९ पटक कोपा डेल रे को उपाधि जितिसकेको छ । पछिल्लो समय रियालले २०१४ मा यो उपाधि हात पारेको थियो ।
यसैबीच, रियालले कारबाहि बिरुद्ध स्पेनिस क्लब फेडरेशनमा अपिल गरेको छ । खेलाडीले निलम्बनका बिषयमा क्लबलाई जानकारी नगराएको भन्दै रियालले अपिल पत्रमा उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment