नाकाबन्दी विरुद्धको प्रदर्शनमा दिल्ली प्रशासनको अवरोध

 नयाँ दिल्ली २० मंसिरः भारतस्थित नेपालीहरुले नाकाबन्दीका विरुद्ध नयाँ दिल्लीमा गर्न लागेको विरोध प्रदर्शनमाथि भारतीय प्रशासनले रोकेको छ ।

नयाँ दिल्लीको संसद भवन नजिकै जन्तरमन्तरमा ठूलो संख्यामा नेपालीहरु जम्मा भएका छन् । विरोध जुलुस निकाल्न भने प्रहरीले रोकिरहेको छ ।

आयोजकहरुले विरोध जुलुस निकाल्न पाउनु पर्ने माग गरिरहेका नेपाली एकता समाजका धनवीर पुनले जनाएका छन् ।

भारतले लगाएको नाकाबन्दी हटाउन माग गरेर आइतबार गर्न थालिएको विरोध प्रदर्शनको अनुमतिलाई प्रशासनले हिजो साँझ खारेज गरेको थियो ।

भारतले विगत दुई महिनादेखि लगाएको नाकाबन्दीका तथा नेपालमा भारतीय हस्तक्षेपका विरुद्ध भारतस्थित नेपालीहरुका सामाजिक संगठनहरु, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, प्रवासी नेपाली संघ, अखिल भारत नेपाली एकता मञ्च विरोध प्रदर्शनको आयोजना गरेका हुन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment