‘मिल्क होलिडे’ ले बन्द हुँदै इलामका गाई फार्म

२० मंसिर, इलामः स्थापना भएको छोटो समयमै इलामका गाई फार्म बन्द हुने क्रममा छन् । बन्द–हड्तालबीच दुग्ध विकास संस्थानले ‘मिल्क होलिडे’ कायमै राखेपछि त्यसको प्रत्यक्ष असर गाई फार्मलाई परेको हो । किसानले ऋण गरेर खोलेका फार्ममध्ये केही बन्द भइसकेका छन् । केही जेनेतन चल्दैछन् र केही घाटामा रहे र पनि चलिरहेका छन ।
ठूलो मात्रामा दूध उत्पादन गर्ने उद्देश्यले खोलिएका गाई फार्महरुले उत्पादित दूध बेच्न सकेका छैनन् । दुग्ध विकास आयोजना र निजी डेरीहरुले सातामा तीन दिन मिल्क होलिडे गर्न थालेपछि व्यावसायिक फार्महरु बन्द हुने अवस्थामा पुगेका हुन् । यसले व्यावसायिक पशुपालनप्रति किसानको मोह भंग गर्न थालेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment