इलामेले टेरेनन लिम्बुवालाई, बन्दको प्रभाव न्युन

इलाम २७ मङ्सिरः लगातार मधेशी मोर्चाको बन्द र भारतले गरेको नाकाबन्दीले पिल्सीएका नेपाली जनता पहिचानको आन्दोलनमा लागेका राजनीतिक पार्टीहरुको बेला बेलामा हुर्ने गरेका बन्दका कारण झन सास्ती भोग्नुपरेको छ । एउटा आन्दोलन सेलाउन नपाउँदै अर्को आन्दोलन शुरु हुने यो परिपार्टील ेदेशको अर्थतन्त्र नै धरापमा पर्न थालेको छ भने काम गरेर खाने मजदुर, व्यापारी, व्यवसायीहरु समेत आजित हुन थालेका छन् ।
यसै बिच संघीय लिम्बुवान पार्टी पक्षधरले आइतबारदखी पूर्वाञ्चल क्षेत्रमा गरेको अनिश्चितकालीन चक्काजामले जनजीवन प्रभावीत बनेको छ भने उद्योग कलकारखानाहरू ठप्प हुदा सयौँ मज्दुरहरू बिचल्लीमा परेका छन । झापा, मोरङ, सुनसरीमा वढी प्रभाव देखिएको छ । त्यस स्थानहरुबाट गन्तव्यमा हिँडेका यात्रुहरु बन्दकर्ताले गरेको बन्दका कारण बाटैमा अलपत्र परेका छन ।
 नाकाबन्दीका कारण तेल अभावमा सवारी साधन सहज रुपमा चलाउन नसकेको अवस्थामा आफ्नो स्वार्थको लागि बन्द गरे र मजदुरहरुको रोजीरोटी गुमेको यातायात ब्यवसायीहरू बताउछन ।  मजदुरहरुले आन्दोलनकर्ताको मागलाई पूरा गर्न सरकारलाई आग्रह गरेका छन् भने बन्दको विकल्प खोज्न बन्दकर्ताहरुलाई आग्रह गरेका छन् ।
यता बन्दकर्ताहरुले भने विगतमा भएका निर्णयलाई नै सरकारी पक्षले उल्टाउने काम गरेकोले बन्दको घोषणा गर्न बाध्य हुनुपरेको बताएका छन् । लिम्वूवानले वन्दको घोषणा गरे पनि इलाममा भने  प्रभाव परेको छैन। इलामका उद्योग, शैक्षिक संस्था, वजार तथा पसलहरु खुलेका छन् । लगातारको वन्दका कारण मार खेपेका इलामका जनताले केहि समय अघि कसैको वन्दको वास्ता नगर्ने वताएका थिए । त्यसपश्चात इलाममा बन्दको प्रभाव  हुन छोडेको हो । 
आज सोमबार पनि विहानै बाट पसल तथा विद्यायत सुचारु भएका छन र सवारीसाथन पनि आफ्नो गन्तव्यमा हिंडेका छन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment