इलामबाट सुरु भयो चियावारी अर्ध साप्ताहिक

इलाम २७ पुषः  इलामबाट चियावारी अर्धसाप्ताहिक पत्रिका प्रकाशन आरम्भ भएको छ । राष्ट्रिय एकताका पक्षमा कलम चलाउने गरि पत्रिकाको प्रकाशन सुरु गरिएको प्रकाशक राजेश पराजुललीले जानकारी दिए । पृथ्वी नारायण शाहको जन्म जयन्तीको अवसरमा पत्रिका प्रकाशन गरिएको हो । ‘झुुल्केघाम सँगै समाचार’ भन्ने स्लोगन सहित पत्रिका वजारमा आएको हो । फरक शैली, फरक प्रस्तुती, फरक धारणा र विचार सहित ब्यवसायिक पत्रकारिताकालागि पत्रिका प्रकाशन गरिएको कार्यकारी सम्पादक टीका खतिवडाले जानकारी दिए । उनका अनुसार प्रत्येक आइतवार र शुक्रबार पत्रिका प्रकाशन हुने छ । पत्रिकाम हाल प्रकाशक राजेश पराजुली, कार्यकारी सम्पादक टीका खतिवडा सहित कम्प्युटर तथा लेआउट विनय तिम्सीना रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment