चियाबारी संवाददाता
इलाम २७ पुषः नेकपा माओवादी नेत्र विक्रम चन्दले सरकारको काम गर्ने गरि जनप्रतिनिधि सभा र परिषद गठन गर्न थालेको छ । उसले विगत सशस्त्र द्वन्द्वकालको समयमा सरकार सञ्चालन गरेजस्तै गरि जनप्रतिनिधि सभा र परिषद गठन गरेको जानकारी दिएको छ ।
माओवादीले यसै साता विधायिकाको कामका लागि लिम्बुवान स्वायत्त जनप्रतिनिधि सभा र कार्यकारी अथवा जनसरकारको कामका लागि लिम्बुवान स्वायत्त परिषद घोषणा गरेको छ । नेकपा माओवादीले उषा मगराती सभामुख रहेको जनप्रतिनिधि सभा र सुमन लिम्बू प्रमुख र कमला लिम्बू उप–प्रमुख रहेको जनपरिषद गठन गरको जानकारी दिएको छ । पाँच जिल्ला समेटिएको लिम्बुवान स्वायत्त प्रतिनिधि सभा ३५ सदस्य र लिम्बुवान स्वायत्त परिषद १५ सदस्य रहेको बताइएको छ । प्रमुखको नाम सार्वजनिक गरिएको सभा र परिषदमा अन्य को–को छन् भन्ने खुलाइएको छैन । संघ, प्रदेश र स्थानीय निकायमा पनि सोही प्रकृतिको जनप्रतिनिधि सभा र परिषद गठन गरिने नेकमा माओवादीका पोलिटब्युरो सदस्य तथा पूर्वी ब्यूरो इञ्चार्ज पदम राई ‘विकास’ ले जानकारी दिए । माओवादीले १३ प्रदेशमा जनप्रतिनिधि सभा र परिषद घोषणा गर्ने जनाएको छ । धेरै प्रदेशमा समान्तर संरचना घोषणा गरिसकेको नेकपा माओवादीले थारुवान, मिथिला, भोजपुरा र नेवामा भने संरचना बनाउन बाँकी रहेको र त्यहाँ पनि चाँडै संरचना बनाइने बताएको छ । इलाम, पाँचथर, ताप्लेजुङ्ग धनकुटा र तेह«थुम समावेश गरिएको लिम्बुवान स्वायत्त प्रदेशको संरचना अन्तर्गत विभिन्न विभागहरु पनि गठन गरिने जनाइएको छ । पूर्वी ब्यूरो इञ्चार्ज पदम राईले गठन गरिएको सभा तथा परिषद अहिलेको सरकारको समान्तर नभएर जनताकै काम गर्ने सरकार भएको दावी गरे । नेकपा माओवादीका पोलिटब्यूरो सदस्य रहेका राईले संसदवादीहरुको अहिलेको सरकार र संसदको संरचना भएको र संसदवादी नमान्ने जनवादीहरुका लागि आफूहरुले छुट्टै संरचना बनाएको बताए ।
विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने पक्षलाई पुरै निषेध गरेर संविधान जारी गरिएको भएकाले संविधानमा जनताको अधिकार सुनिश्चित गर्नुपर्नेमा, एकाध समुदायको बाहेकको जनताको विरुद्धमा संविधान जारी भएको धारणा ब्यक्त गरे । आफूहरुले पनि जनसंविधान संविधान घोषणा विधायिका र सरकारको संरचना बनाउन थालेको वताएका छन् ।

0 comments:
Post a Comment