भारतमा मिनरल वाटर भन्दा सस्तो भयो कच्चा तेल


एजेन्सी, २७ पुुषः  मूल्यमा भारी गिरावट आएपछि कच्चा तेलको मूल्य मिनरल वाटर भन्दा पनि सस्तो हुन पुगेको छ ।
७ डिसेम्बरमा भारतीय बजारमा खाडीबाट आइपुगेको कच्चा तेलको मूल्य २२ रुपैयाँ ६० पैसा थियो । भारतमा मिनरल वाटरको मूल्य प्रतिलिटर १५ देखि २० रुपैयाँ रहेको छ ।
अहिलेको ताजा अवस्थामा कच्चा तेलको मूल्य मिनरल वाटर  भन्दा करिब २५ प्रतिशतसम्म सस्तो हुन गएको हो ।
पछिल्लो साता भारतमा सार्वजनिक तथ्यांक अनुसार भारतमा आइपुग्ने कच्चा तेल ७ डिसेम्बरमा २९.२४ डलर नजिक आइपुगेको थियो ।
२९.२४ डलरलाई ६६.६७ रुपैयाँका दरले बदल्दा भारतमा प्रति ब्यारल कच्चा तेलको मूल्य २००१ रुपैयाँ रहेको छ । एक ब्यारेलमा १५९ लिटर हुन्छ । यो हिसाबले भारतमा आइपुग्दा कच्चा तेलको मूल् १२ रुपैयाँ ५८ पैसा प्रतिलिटर पर्न थालेको हो ।
भारतमा भारी गिरावट आएपछि त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्नेछ । नेपालमा पनि तेलको मूल्य घट्ने अनुमान गरिएको छ ।
भारतमा अहिले अनलाइन बजारमा किङफिसर, किन्ले र बिस्लेरी जस्ता कम्पनीहरुले एक लिटर पानीको बोत्तल १८ रुपैयाँमा बेचिरहेका छन् ।
खुद्रा बजारमा एक बोत्तल पानीको मूल्य प्रतिलिटर २० रुपैयाँ पर्ने गरेको छ । रेल्वेको तर्फबाट यही पानी १५ रुपैयाँमा बेचिने गरेको छ ।
कच्चा तेलमा आएको ठूलो गिरावटपछि पेट्रो र डिजेलको मूल्यमा भारती कटौती हुने अनुमान गरिएको छ ।
डिसेम्बरमा तेल कम्पनीहरुलाई क्रुडको खरिद मूल्य २३ रुपैयाँ ७७ रुपैयाँ परेको थियो । यसमा डिरल मार्जिन, भ्याट, एक्साइज ड्यूटी र अन्य कर लगाउँदा पनि दिल्लीमा पेट्रोल ६० रुपैयाँमा मिल्ने गरेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment