भिमकुमार बाँस्कोटा
पाँचथर,२७ पुषः पाँचथर सदरमुकाम फिदिममा जारी सातौँ फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको तेस्रो खेलबाट कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङले सेमी फाइनलको यात्रा तय गरेको छ । आज भएको प्रतियोगितामा विर्तार्माड युनाईटेडलाई २–१ को गोल अन्तरले हराउँदै ताप्लेजुङले सेमि फाइनलको यात्रा तय गरेको हो । प्रतियोगिताको निर्धारित समयमा दुवै टिमले बराबरिमा खेलेका थिए । पहिलो हाफको सातौँ मिनेटमा विर्तामोडका बुद्ध चेम्जोङले गोल गर्दै टिमलाई हौसला दिलाए दिलाएपनि उनको गोल निर्णयक बन्न सकेन । ोस्रो हाफको सुरुमै ताप्लेजुङ सुसन लामाले रेड कार्ड पाएर बाहिरिएपछि ताप्लेजुङले निकै आक्रमक खेलेको थियो । दोस्रो हाफको २९ औँ मिनेटमा ताप्लेजुङका सेगन इएथियोले गोल गर्दै बारबरिमा रोकेका थिए । रेडकार्ड पाएर एक खेलाडी बाहिरिएपछि निकै आक्रमक खेलेको ताप्लेजुङले अतिरिक्त समयको ११ औँ मिनेटमा ताप्लेजुङका रोजिन धिमालले गोल गरेर टिमलाई सेमी फाइन खेल्ने पक्का गराएका हुन् । ताप्लेजुङले राष्ट्रिय क्लबमा चर्चा कमाएका चार जना खेलाडीहरु मैदानमा उतारेको हो । थ्रि स्टार क्लबका विष्णु सुनुवार, रोजिन धिमाल, विजय धिमाल र सेगन इएथियोलाई मैदानमा उतारेको हो । भोली हुने पहिलो चरणको अन्तिम खेलमा एपीएफ पूर्वाञ्चल र चर्च व्वाइज क्लब काठमाण्डौ भिड्ने भएका छन् ।

0 comments:
Post a Comment