इलाम १६ माघः इलाममा जारी दोस्रो माईभ्याली गोल्डकपमा मनाङ मस्र्याङदी क्लब नआउने पक्का भएको छ । मनाङ मस्ङदी क्लबले खेल सम्झौता गरेर खेल्न नआउने भए पछि आयोजकले शनिबार बिहान पत्रकार सम्मेलन गरेर मनाङ विरुद्ध कार्वाहीको अपिल गरेको छ ।
कार्यक्रममा माईभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले भनेः ‘जसरी भए पनि हामीले मनाङलाई कार्वाही गर्छौ । अखिल फुटबल संघ, राष्ट्रिय फुटबल संघ, एएफसी लगायतका फुटबलका संस्थामा हामी कार्वाहीको लागि निवेदन दिने छौँ ।’ उनले भने ‘हामीलाई भएको क्षतिपूर्ति मनाङबाट हामी जसरी भए पनि लिने छौँ । आगामी दिनमा पनि हामी मनाङलाई माईभ्याली गोल्डकपबाट वञ्चीत गर्ने छौ र नेपाल भरिका जिल्ला फुटबल संघलाई मनाङलाई कुनै पनि खेलमा सहभागि नगराउन अपिल गर्ने छौँ ।’ ‘लिखत रुपमा मनाङले हामी संघ सम्झौता गरि सकेपछि प्रतियोगितामा आउदिन भन्न पाउँदैन र अब मनाङले फुटबल संघबाट बाहिर बसेर फुटबल खेल्न खोजेको हो । त्यसैले मनाङ विरुद्ध हामी कानुनी उपचारको लागि जहाँ पनि जाने छौ ।’
जिल्ला फुटवल संघका अध्यक्ष निरोज खड्गीले सम्झौेता पढेर सुनाउदै भनेः ‘हामीले मनाङलाई पटक पटक फोन सम्र्पक गर्दा पनि हामी दुई दिन पछि निणर्य दिन्छौँ भन्दै अल्मल्याएर अहिले आएर हामी आउँदैनौ भनेका हुन ।’ यसले गर्दा इलामको फुटबलमा प्रत्यक्ष असर पर्ने र यसबाट हुन जाने क्षति प्रति स्वयम मनाङ मस्र्याङदी हुने भएकाले जसरी भए पनि हामी मनाङलाई कार्वाही गरेर नै छाडने चेतावानी दिए ।
अब प्रतियोगितामा मनाङको स्थानबाट भारत कालिङपोङको टिमले सहभागिता जनाउने आयोजकले जानकारी दिएका छन् ।

0 comments:
Post a Comment