दोस्रो खेलमा सरस्वती युथ क्लव विजय


इलाम, १५ माघ ः इलाममा जारी अन्तराष्ट्रिय माईभ्यालि गोल्डकपको शुक्रबार सम्पन्न दोस्रो खेलमा सरस्वती युथ क्लव विजय भएको छ । सरस्वतीले पाहुना टिम भारत आसामाको ग्लोवल फुटबल क्लवलाई २–१ गोलले पाखा लगाएको हो ।
सरस्वतीका कुमार गिरिले खेलको १५ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । मध्यान्तर अघि १–० गोलले पछि परेको आसाम मध्यन्तर पछिको ८ औ मिनेटमा गोल किपर अजय नर्जारेले दउदउ सन्कोलाई डि बक्समा फल्ड गरेपछि सरस्वतीले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै स्वरस्वतीका मवि एक्सल जिमिले गोल गर्दै टिमलाई जिताउन योगदान दिए ।
आसामका हितेश्वर हाजोरीले अन्तीम २ मिनेटमा एकमात्र सान्तवना गोल गरे ।  दुवै तर्फका खेलाडीले गोल गर्ने थुप्रै अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।
सरस्वती युथ क्लवका प्रशिक्षक देवेन्द्र जंग शाहीले खेलाडीले सोचेजति खेल्न नसकेको बताए । खेलमैदान कडा भएको कारण खेलाडीले खेल्न नसकेको प्रतिक्रिया दिदै शाहिले अर्को खेलमा अझ राम्रा पदर्शन गर्ने बताए ।
ग्लोवल फुटबल क्लवका प्रशिक्षक राजीमल मेइसाहाजले मुख्य स्ट्राइकरलाई ल्याउन नसक्दा हार्नुपरेको बताउनुभयो । मौसम र खेलमैदानलेसमेत साथ नदिएको उनको प्रतिकृया थियो । शनिवार दुर्गा स्टिील क्लब कोलकता र रुपन्देही ११ विच खेल हुने छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment