इलामः बिगत ३ आर्थिक बर्षदेखी बीमा समितीको कारबाहीको कारण लगानीकर्तालाई केही पनि बितरण गर्न नसकेको प्राईम लाईफ ईन्स्योरेन्स कम्पनीले यो बर्ष पनि लगानीकर्ताहरुलाई केही नदिने निश्चित देखिएको छ ।
कम्पनीको तत्कालिन सिईओ रेष्टा झाले वित्तिय मर्यादा भन्दा बाहिर गई मनपरि खर्च गरेपछि झालाई कारबाही सिफारिश गरेको बीमा समितिले कम्पनीको बासलात बिबरणमा गम्भिर त्रुटि देखिएको भन्दै सच्याउन आग्रह गरेको पनि लामो समय भएको छ । यसलाई सच्याउनको सट्टा कम्पनीका मुख्य प्रबद्र्धक राजेन्द्र खेतानले बीमा समितीका अध्यक्ष प्रा। डा। फत्तबहादुर केसीलाई नै हटाउने गरी तत्कालिन अर्थमन्त्री डा। रामशरण महत समक्ष पटकपटक दबाब दिएको थियो । तत्कालिन अर्थमन्त्री डा। महतले बिभिन्न हतकण्डा गरी डा। केसीलाई हटाउन कोशिस गरेपनि केही नलागेपछि अन्ततः उनी आँफै व्याक हटेका थिए ।
प्राईम लाईफमा तत्कालिन सिईओ रेष्टा झाले कम्पनीलाई गम्भिर नोक्सानी बिज्ञापन, भ्रमण, एजेन्सी कमिशन, कर्मचारी खर्च, ईन्धन आदी शिर्षकमा मनपरि ढंगले खर्च गरेका थिए । बीमा क्षेत्रमै ज्यादैनै अपारदर्शी देखिएको उनको खर्च र आँफुखुसी रकम निकाशालाई लिएर कम्पनी भित्रै कर्मचारीहरु आन्दोलित भएर सिईओ झालाई हटाउन बीमा समितीमा समेत डेलिगेशन पुगेका थिए ।
कम्पनीले स्विकृतिका लागी भनि अघिल्ला २ आर्थिक बर्षका व्यालेन्ससिटहरु बीमा समितीमा पेश गरेको धेरै भईसकेको छ तर बीमा समितीका एक उच्च अधिकारीका अनुसार उहाँहरुले पठाएको वित्तिय बिबरण बीमा समितीको दायरा भन्दा बाहिर रहेकोले परिमार्जन गरेर ल्याउन निर्देशन दिएको तर कुनैपनि बिबरण नआएको बताए ।
समितीका एक उच्च अधिकारीले भने ‘उहाँहरुको व्यालेन्ससिटमा गम्भिर त्रुटि देखिएको छ । हामीले भने अनुसार व्यालेन्ससिट परिमार्जन भएर आएन भने कुनैपनि हालतमा स्विकृत हुँदैन ।’ उनका अनुसार यो बर्षमा पनि लगानीकर्ताहरु माथी उहाँहरुले ख्यालसाँची गरिरहेकोले समितीले थप स्टेप चाल्ने बताए । उनले थप स्टेप के हो भन्ने भन्न चाहेनन् । उनले व्यालेन्ससिटमा के–के त्रुटि देखिएको हो सो बताउन चाहेनन् ।
उता प्राईम लाईफ इन्स्योरेन्सका नयाँ सिईओ मनोज भट्टराईले भने आँफुहरुले कम्पनीको गत आ। ब। २०७१÷७२ भन्दा अघिको २ बर्षको वित्तिय विवरण स्विकृतिको लागी समिती पठाएको निकै समय भएको र उक्त विवरण बमोजिम नै स्विकृति हुनेमा आँफु विश्वस्त रहेको बताए । उनले अघिल्लो आर्थिक बर्षको वित्तिय विवरण पनि स्विकृतिको लागी केही दिन भित्रमा बीमा समिती जाने र छिट्टै ३ बर्षको साधारण सभा गरी लगानीकर्तालाई यथोचित मुुनाफा बितरण गर्ने बताए ।
शेयर बजारमा कम्पनीको शेयर मुल्य किन बढि रहेको छ त
एकातिर लगानीकर्ताले ३ बर्षदेखी प्राईम लाईफबाट केही पाएका छैनन र यो बर्ष पनि केही पाउने जस्तो अवस्था नदेखिईरहेको छ तर पनि बजारमा प्राईम लाईफको शेयर मुल्यमा उच्च बृद्धि भईरहेको छ । आईतबार शेयर बजारमा प्राईम लाईफ ईन्स्योरेन्सको प्रतिशेयर मुल्य १६६० रुपैयाँमा कारोबार भएको छ । गत नोभेम्बर २९ मा ११७६ मा कारोबार भएको कम्पनीको शेयर मुल्य पछिल्लो हप्ता निकै उत्साहप्रद रुपमा माथी गईरहेको छ । शेयर बजार बिश्लेशकहरु केही ठुला लगानीकर्ताहरु र कम्पनी व्यवस्थापनका व्यक्तिहरुले नै जानाजान कम्पनीको शेयर बढाउन उद्धत रहेको बताउँछन । उनीहरुका अनुसार कम्पनीले छिट्टै ३ बर्षको बोनश शेयर एकमुष्ठ घोषणा गर्ने भएको हुँदा फाईदा हुने हल्ला चलाई बजारमा उछाल ल्याउन लागिपरेको बताउँछन । लामो समयदेखी बीमा कम्पनीहरुको स्टकको राम्रो बिश्लेषण गरेका एकजना लगानीकर्ता कम्पनीको अघिल्ला २ बर्षको वित्तिय बिवरण राम्रो नभएको भन्दै अहिलेको बजारको वृद्धिबाट आँफु आश्चर्यमा परेको बताउँछन ।

0 comments:
Post a Comment