इलामका नवयुगको हृयाट्रिक माल्दिभ्सविरुद्ध, नेपाल बङबन्धु कपको फाइनलमा


माल्दिभ्सविरुद्ध बल अघि बढाउँदै नवयुग श्रेष्ठ (निलो जर्सीमां)
इलामः नवयुग श्रेष्ठको हृयाट्रिकको मदतमा माल्दिभ्सविरुद्ध शानदार जित हात पार्दै नेपाल बंगबन्धु कप फुटबलको फाइनलमा पुगेको छ । नेपालले अब उपाधिका लागि शुक्रबार बहराइनसँग खेल्नेछ ।
मंगलबार भएको खेलमा नेपालले माल्दिभ्समाथि ४–१ गोल अन्तरको जित हात पारेको हो । माल्दिभ्सविरुद्ध नेपालले सन् १९९९ पछि पहिलो पटक जित हात पारेको हो ।
ढाकास्थित बङबन्धु नेशनल स्टेडियममा भएको खेलमा नेपालले ३० औं मिनेटमा नवयुग श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । रविन श्रेष्ठको पासमा विमल घर्ती मगरको प्रहार बारमा लागेर फर्किर्एको बलमा नवयुगले गोल गरेका हुन् । उनको यो पहिलो अन्तराष्ट्रिय गोल समेत हो । पहिलो हाफको अन्तिमतिर गोलरक्षक विकेश कुथूले उत्कृष्ट बचाउ गर्दै नेपालको अग्रता कायमै राखे । इशा इमालीको प्रहार कुथूले पन्च गरेर मुस्किलले बचाएका हुन् ।
दोस्रो हाफमा नेपालले आफ्नो शानदार प्रदर्शन कायमै राख्यो । ५३ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । ६२ औं मिनेटमा नवयुगले दोस्रो गोल गरे ।
७७ औं मिनेटमा माल्दिभ्सका नासिद अहमदले गोल गर्दै खेलमा फर्कने प्रयास गरे ।  तर, अन्तिममा नवयुगले गोल गर्दै हृयाट्रिक मात्र पुरा गरेनन्, नेपाललाई ४–१ को शानदार जित दिलाएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment