इलाम ४ माघ — पूर्वी पहाडकै ठूलो धनराशि पुरस्कारको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली फुटबल गोल्डकपु प्रतियोगिता सदरमुकाममा आउँदो १४ गतेदेखि आयोजना गरिने भएको छ। गतवर्ष एकै प्रतियोगिताबाट उत्कृष्ट ए–डिभिजन क्लबमा फड्को मारेको माइभ्याली फुटबल क्लबको आयोजनामा दोस्रो संस्करण हुन लागेको हो।
सदरमुकामस्थित ठूलो टुँडिखेलमा माघ २३ सम्म आयोजना गरिने गोल्डकपमा देशका ए–डिभिजन क्लबसहित भारतका उत्कृष्ट टिम सहभागी हुँदैछन्। मनाङ–मस्र्याङदी, पोखराको सहारा क्लब, नेपाली सेना, सशस्त्र प्रहरी, रुपन्देही–११, झापा–११, भारतको कोलकातास्थित दुर्गापुर स्टिल, असमको ग्लोबल फुटबल क्लब र आयोजक इलाम–११ बीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ। माइभ्याली क्लब अध्यक्ष धिरेन चेमजोङले प्रतियोगिताको तयारी तीव्र पारिएको बताए। उनले भने, ुबाँसको प्याराफिट निर्माण, मैदान स्तरोन्नतिलगायत तयारी तीव्र छ । यहाँ करिब १५ हजार दर्शक अटाउने लक्ष्य छ।
विजेताले ३ लाख र उपविजेताले डेढ लाख रुपैयाँ जित्ने छन्। प्रतियोगिता सम्पन्न गर्न ४५ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । आयोजक टोलीले प्रतियोगिताको खर्च जुटाउन राजधानी काठमाडौंलगायत विभिन्न स्थान पुगेर विभिन्न निकायसँग अनुरोध गरेको छ । ुगतवर्ष प्रतियोगिता आयोजना गर्दा बचेको १८ लाख र बाँकी विभिन्न दाताबाट उठेको रकमले प्रतियोगिता सम्पन्न गर्ने लक्ष्य राखेका छौं,ु चेमजोङले नागरिकसँग भने, ुसबैले साथ–सहयोग गर्ने आश्वासन दिएकाले प्रतियोगिता उत्कृष्ट बनाउन सकिन्छ भन्ने विश्वास छ ।
प्रतियोगिताको क्वार्टर फाइनलसम्मका खेलका लागि ५०, सेमिका लागि सय र फाइनलका लागि २ सय रुपैयाँको टिकट दर्शकका लागि तयार गरिएको छ । सिजनल टिकट भने हजार रुपैयाँको छ । प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीलाई ३ दिन दैनिक भत्ता, यातायात खर्च र खाने–बस्ने व्यवस्था आयोजकले गरेको छ ।
पोखरामा माघ ५ मा सुरु हुने आहा रारा गोल्डकपको फाइनल १६ गतेमात्रै हुने भएपछि यहाँको खेलतालिका निकाल्न आयोजकलाई ुप्राविधिक कठिनाईु छ । एपिएफ, सहारा, मनाङ–मस्र्याङ्दी, आर्मी र झापा–११ दुवै प्रतियोगितामा सहभागी छन् । तर, १४ र १५ गतेका खेल खेल्ने टिमको भने टुंगो लागेको छ । अध्यक्ष चेमजोङका अनुसार उद्घाटन खेल अयोजक र भारत कोलकाताको दुर्गापुर क्लबबीच हुनेछ । १५ गतेको खेलमा भारत असमको ग्लोबल एकाडेमीले रुपन्देही–११ वा काठमाडौंको सरस्वती क्लबसँग खेल्ने छ ।
एकाडेमी खोल्ने लक्ष्य
जिल्लाको फुटबल इतिहास लामो भएपनि सदरमुकाममा फुटबल एकाडेमी भने सञ्चालन हुन सकेको छैन । केही वर्षअघि सदरमुकाममा एकाडेमी सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ ९एन्फा०ले इलामलाई छनौट सूचीमा राखेको थियो । तर, स्थानीय र राष्ट्रियस्तरबाट त्यसको प्रभावकारी प्रयास नहुँदा जिल्लामा फुटबल सम्भावना उच्च भएर पनि ओझेलमा परेको अध्यक्ष चेमजोङले बताए।
इलामका खेलाडीले राष्ट्रिय टिममा रहेर विभिन्न अन्तर्राट्रिय प्रतियोगितासमेत खेलिसकेका छन् । ुफुटबलमा इलामले इतिहास बोकेको छ । अहिले पनि हाम्रा २ खेलाडी ९नवयुग श्रेष्ठ र योगेश गुरुङ० राष्ट्रिय टोलीमा छन् । यो गौरवको विषय भएपनि जिल्लामा खेल विकासका लागि प्रयास अपुग छ,ु उनले भने । जिल्लामा फुटबलका खेलाडीको राम्रो सम्भावना भएकाले यसको विकासका लागि एकाडेमी सञ्चालन गर्नु आवश्यक रहेको उनले बताए । बर्सेनि प्रतियोगिता आयोजना गर्दा एकाडेमी सञ्चालनका लागि दबाब पुग्ने उनको भनाइ छ । ुएकाडेमी सञ्चालनका लागि हामी आफ्नो क्षेत्रबाट सक्दो प्रयास गरिरहेका छौं,ु उनले भने, ुएन्फा, सरकारी निकाय र जिल्लास्थित स्थानीय निकायको पनि यसमा प्रयास होस् ।ु
टुँडिखेल नै अव्यवस्थित
सदरमुकाममा फुटबल प्रतियोगिता आयोजना गर्दा बजारको तल्लो भागमा रहेको ठूलो टुँडिखेलको विकल्प छैन । तर, यो टुँडिखेल नेपाली सेनामातहत भएकाले विभिन्न प्रतियोगिता आयोजना गर्न सहज छैन । आयोजकले यहाँ फुटबल प्रतियोगिता आयोजना गर्दा सेनाको स्वीकृति लिनुपर्ने ुझन्झटु छ ।
धेरै प्रतियोगिता आयोजना भइरहने यो टुँडिखेलमा दर्शका लागि प्याराफिट छैन । आयोजकले हरेक प्रतियोगिता आयोजना गर्दा बाँसको प्याराफिट बनाउनुपरिरहेको छ । प्याराफिट बनाउन एक पटकमा ५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएका छन् । माइभ्याली क्लबका बसन्त थाम्सुहाङ प्रतियोगिताका लागि छुट्याइएको खर्चको ठूलो हिस्सा बाँसको प्याराफिट निर्माणमै खर्च हुनेगरेको बताउँछन् । ुहरेक वर्ष माइभ्याली गोल्डकपकै लागि ५ लाख रुपैयाँ प्याराफिट निर्माणमा खर्च हुन्छ,ु उनले भने, ुकतैबाट अलि बजेट थपेर ट्रस्ट प्याराफिट बनाउन सके सधैंका लागि काम लाग्ने थियो ।ु टुँडिखेल सेनाअन्तर्गत रहेकाले यहाँ स्थायीखाले संरचना निर्माणमा बाधा पुगेको गुनासो आयोजकले गरेका छन् । स्थानीय संरचना निर्माण गर्न नसक्दा दर्शकले धुलैधुलो भएको भिरालो भूभागमा बसेर खेल हेर्नुपरेको छ । बाँसको प्याराफिट बलियो बनाउन बढी खर्चिलो हुन्छ तर टिकाउ हुँदैन ।
टुँडिखेल व्यवस्थित बनाउन स्थानीय निकायले पनि कुनै चासो नदिएको खेलप्रेमीको गुनासो छ । युवाको व्यक्तित्व र शारीरिक विकासका लागि फुटबल महत्वपूर्ण भएपनि स्थानीय निकायले खेल विकासमा चासो नदिएको अध्यक्ष चेमजोङले बताए । उनले भने, ुखेल युवाका लागि अत्यन्त आवश्यक छ तर यसको विकासका लागि सरकारी निकायले नै चासो नदिनुलाई विडम्बना भन्नुपर्छ ।ु उनले स्थानीय निकायका जनप्रतिनिधि नहुँदा खेलप्रेमीका गुनासा सुन्ने कोही नभएको बताए । यहाँ प्याराफिट बनाउन गतवर्ष ५० लाख रुपैयाँ विनियोजन भएको थियो । तर, सरोकारवालाले चासो नराख्दा यो रकम फिर्ता गएको थियो । नागरिक न्युजबाट

0 comments:
Post a Comment