जकार्ता ४ माघः पूर्वी इन्डनेसियाको मलुकु प्रान्तमा आइतबार भूकम्प गएको छ । सो भूकम्पमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका छन् ।
भूकम्पको कारण २ सय भन्दा बढी घरहरु क्षतिग्रस्त भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ताले सोमबार जानकारी दिए । यस भूकम्पमा परी घाइते भएका मध्ये तीन जनाको अवस्था गम्भीर भएको र अन्यको सामान्य रहेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले बताएको सिन्ह्वाले जनाएको छ । भूकम्पको कारण २३९ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको हालसम्म प्राप्त पछिल्लो अवस्थामा जनाइएको छ ।
भूकम्प ५.४ रिक्टर स्केलको मापन गरिएको भूगर्भअध्ययन संस्थाले जनाएको छ । सो भूकम्पको केन्द्रविन्दु बुरु सुल्तानबाट ६६ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।

0 comments:
Post a Comment