काँग्रेस महाधिवेशन, नेतृत्व र आवश्यकता

आसन्न १३ औँ महाअधिवेशनका कारण अहिले नेतृत्वको विषयलाई लिएर संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस भित्र एक किसिमको तरङ्ग आइरहेको छ । काँग्रेसको केन्द्रीय नेतृत्वमा पुग्नको लागि शीर्ष र चिनीएका सवै नेताहरु आ–आफ्नो तर्फबाट दावी कसीरहेका छन्  । देशभरीका काँग्रेस कार्यक्रर्ता आफ्नो पक्षमा माहोल सिर्जना गर्न गाउँ गाउँमा पुगेका छन । नेताहरु पनि गाउँ गाउँ पस्न थालेका छन । काँग्रेसमा अहिलेसम्म नेतृत्व लिएको रेकर्डमा कोइराला परिवार अगाडि देखिएको छ । कतिपयले काँग्रेसलाई कोइराला परिवारसँग दाँजेर हेर्ने गरेको बजार हल्ला समेत सुनिने गरिन्छ । हुन त नेपाली काँग्रेसको स्थापना, विचार र आदर्श स्थापित गर्न वीपी कोईरालाले ठुलो योगदान गरेकाछन र उनको विचार र सिद्धान्तमा पार्टी चलेको छ । हरेक काँग्रेस कार्यकर्ता र नेताहरु यसै भन्छन् । तर अहिले काँग्रसमा  वीपीको विचार, आदर्श र सोही अनुरुपको नेतृत्वको खडेरी छ भन्नेहरु पनि कम छैनन् । 
नेपाली काँग्रेसलाई देशको सवैभन्दा ठुलो दलको रुपमा जनताले पटक पटक स्थापित त गरेका छन् । तर पार्टी भित्र नेतृत्वको खिचातानी र गुटवन्दीले गर्दा नेपाली काँग्रेसप्रतिको जनभरोसा कतै हराउने वा घट्ने त होइन भन्ने आशङ्का पनि उत्तिकै उब्जिन थालेकोछ । पक्कै पनि झण्डै सात दशक पुरानो पार्टी काँग्रेसको नीति र सिद्धान्त जति राम्रो छ, यसलाई कार्यन्वयन गर्ने नेतृत्वको आवश्यकता उत्तिकै खड्कीएको छ । 
नेपाली काँग्रेसमा नेतृत्वको कुरा गर्दा अहिले उमेरको कुरालाई लिएर विवाद भई रहेको सुन्नमा आउँछ । नेपाली काँग्रेसमा अहिले अधिकांध वृद्धहरुले नेतृत्व गरेको देखिन्छ । पार्टीमा भएको गुट वन्दीले पनि नेपाली काँग्रेसले सहि नेतृत्व पाउन नसकेको हो । अहिले पार्टी दुई खेमामा वदलीएको छ । एकटा कोईराला खेमा जसलाई संस्थापन भन्ने गरिन्छ र अर्को शेरवहादुर देउवा खेमा हो । पार्टीको नेतृत्व अहिले कोइरालको हातमा छ । तर अव महाअधिवेसनपछि कसको हातमा पुग्ला त नेपाली काँग्रेसको नेतृत्व ? अर्थात् को होला त पार्टी सभापति ?  सवैभन्दा अनैठो कुरा के छ भने नेपाली काँग्रेसमा अहिले सस्थापन पक्षका दुई सहित तीनजनाले सभापतिमा उम्मेद्वारी दिने तयारी गरिरहेका छन । शुसिल कोइराला, रामचन्द्र पौडेल र शेरवहादुर देउवा । यि तीन नेताको उमेर पनि झण्डै उस्तै छ । ८० वर्षका सुशील कोइराला र ७० वर्ष पुग्दै गरेका शेरबहादुर देउवा र सभापतिका अर्का दाबेदार रामचन्द्र पौडेल पनि ७१ वर्षका भइसके । यसको अर्थ तीन नेतामध्ये जसले जिते पनि कांग्रेसको कार्यकारी पद मानिने सभापतिमा ७० कटेका ‘बूढा’ नेताहरु नै पुग्नेछन् ।  
नेपालमा अहिले १८ देखि ४० वर्ष उमेर समूहको जनसंख्या ६० प्रतिशतभन्दा बढी छ । कमाउने हातहरु मानिने यो उमेर समूहको जनसंख्या यति धेरै भएको यो पहिलोपटक हो । एउटा घरको संरचना हेर्ने हो भने पनि बावुको उमेर ५५÷६० भन्दा माथि गएपछि घर चलाउने उसको छोराका जिम्मेवारी हुन्छ । छोराले कमाए र वावु आमा पाल्छ । त्यो समयमा छोराको उमेर ३०÷३५ भन्दा माथि गएको हुँदैन । 
तर, देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको नेतृत्वमा भने ६० वर्षभन्दा कम उमेरको कुनै भूमिका छैन । नेपाली काँग्रेसमा अहिले पनि विचार र सिद्धान्त बुझेका र त्यसको प्रयोग गर्न सक्ने क्षमता भएका मानिसको जमात पनि कम छैन । तर उनीहरुलाई अवसर छैन । जव कसैको अवसर अउँछ उसको केही गरौ भन्ने उर्जा समाप्त भएपछि मात्र आउँछ ।  यो त भयो नेपाली काँग्रेसको केन्द्रीय समितिको कुरा । जिल्लामा पनि यो भन्दा कुनै फरक संरचाना छैन ।  अहिले इलाममा पनि काँग्रेसको अधिवेसन लागेको छ । जिल्लामा नेताहरु आ–आफ्नो पकड कसरी वनाउँदे भन्ने दाउमा लागेका छन् । काँग्रेसभित्र गजवको कुरा त के छ भने पार्टी एकिकरण पछि पनि विभाजनपूर्वकै दुई वटा खेमा अहिले पनि जिल्लादेखी गाउँ–गाउँसम्म पनि व्यप्त छन् । इलाममा पनि केन्द्रको जस्तै समस्याले सताएको देखिन्छ । अहिले इलामको नेतृत्व देउवा खेमाका मानिने केशव थापाको हातमा छ । इलाममा अव, नेपाली काँग्रेसको नेतृत्व कस्को हातमा जानेछ त ? अहिले इलाममा सभापतिको दौडमा को को छन? इलाममा अहिले सभापतिको दौडमा बेनुपराज प्रसाई, केशव थापा, हिमालय कर्मचार्य, भेषराज आचार्य, डम्वर खड्का लगायत रहेका छन् । भर्खरै मात्र काँग्रेसको केन्द्रीय समितिले पार्टी एकिकरणपछि लगातार दुई कार्यकाल सभापति भएको व्यक्तिले पुनः दोहोर्याउन नपाउने प्रावधान ल्याएको सुनिन्छ । इलामको नेपाली काँग्रेसको पेरीफेरी पनि केन्द्रमा जस्तै  रहेको देखिन्छ । यसरी हेर्दा  सभापतिका लागि इलाममा पनि केन्द्रको जस्तै वुढाहरुको नै भिडन्त छ । सवै भन्दा पाको उमेरका बेनुपराज प्रसाई ७० बर्षका हुन । हिमालय कर्मचार्य पनि बर्ष ५९ पुगिसकेका छन । केशव थापा पनि ५६ बर्ष र भेषराज आचार्यको उमेर ५२ वर्ष हो । यसरी हेर्दा नेपाली काँग्रेस जिल्ला समितिको कार्यकारीमा जसले बाजी मारेपनि ५० वर्ष भन्दा माथिकै नेतृत्व आउने छ ।  इलाम जिल्लाको राजनीति दम्भको भरमा चलेको छ । राजनीति विचारले चलउने हो । नेतृत्वमा पनि विचार र नेतृत्व क्षमता भएको मानिसलाई पु¥यउनु पछ । 
नेपाली काँग्रेस मात्र हैन यो कुरामा नेपालका सवै पार्टी चुकेका छन ।  नेपाली काँग्रेसको राजनीति पनि यहि चुकेको छ । नेपाली काँग्रेस प्रति नेपाली जनताको विश्वस हराउँदै जानुमा पनि मुख्य कारण भनेको यहि नै हो । जव नेतृत्वमा युवाहरु भुमीका शुन्य हुन्छ तव पार्टीको लोकप्रियता पनि कम हुन थाल्छ । नेपाली काँग्रेस पार्टी भनेको विचारको राजनीति गर्ने पार्टी हो । यसका आफ्नै नीति र सिद्धान्त छन् । बदलिएको परिवेशलाई सम्बोधन गर्न यसलाई समय सापेक्ष परिर्वतन गर्दै जानु पर्ने आवश्यकता रहेको छ । 
विचारको राजनीति गर्ने मानिसको अभावमा नेपाली काँग्रेस आफै कमजोर बन्न खोज्दैछ भन्दा फरक नपर्ला ।   नेपाली काँग्रेसमा अहिले चलेको परिपाटीलाई परिर्वतन नगर्ने हो भने अहिलेको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रसको स्थान कता पुग्ला भन्न सकिन्न । पार्टी सिद्धान्तमा चल्नु पर्छ सवैले पार्टीको मर्यादामा रहेर काम गर्नु पर्छ । तर नेपाली काँग्रेसमा यो देखीदैन । नेपाली काँग्रेसमा विचारको राजनीति गर्ने नेताको अभाव छ । काँग्रेसमा अहिले भएको खेमाको कारणले पनि अस्तित्व धरापमा पर्ने अवश्थामा छ । गाउँ गाउँमा भएको खेमाले गर्दा यो अवस्था अएको हो । काँग्रेस भन्दा पनि कार्यक्रताहरु कुन गुटको हो भनेर सोध्ने गरेको सुनिन्छ । जवसम्म काँग्रेसभित्र यो गुटवन्दी सकिदैन तवसम्म काँग्रसको नेतृत्वमा निखार आउँदैन । नेताहरुले यो कुरा वुझन जरुरी छ की पार्टी वचाउने हो की आफु वाँच्ने हो । अहिले सवै नेता आफु बाँच्न लागेका छन अफ्नो हातमा नेतृत्व ल्याउन मात्रै । तर यसले पार्टी बाँच्दैन र पार्टी न बाँचे पछि केको नेतृत्व गर्ने हो ? त्यसैले यो गुट वन्दीको खेल समाप्त गर्न जरुरी छ । नेपाली काँग्रेसको केन्द्रमा  शुसिल, शेरवहादुर र रामचन्द्र बाहेकका नेतृत्व गर्न सक्ने गुटको हैन विचारको राजनीति गर्ने नेता छैन त ? छ भने किन उसलाई अवसर न दिने त ? अनि पचास वर्ष ननाघेका सक्षम युवालाई किन नेतृत्वमा स्थापित नगर्ने ? मानिसको उर्जाशील समय ४५ वर्ष भन्दा अगडि नै हो । जव मानिस वुढो हुँदै जान्छ उर्जा पनि सकिदै जान्छ । यो उर्जाशिल समयमा काँग्रेसका कार्यकर्ता नेताको गुटवन्दीमा पछि लागेरै विताउँछन । जव आफ्नो पालो आउने वेला हुन्छ त्यो बेला ६० काटी सकेको हुन्छ । यो अवस्थामा सक्रिय राजनीति देखाउन मात्र गरिन्छ किनकि विचारहरु पहिला जस्तो सक्रिय हुदैनन् । विचार सक्रिय भएन भने पार्टीमा गुटवन्दी हुन्छ । कसैको आडमा मात्रै नेतृत्वमा पुग्ने नकि जनता र कार्यकर्ताको भरमा । नेपाली काँग्रेसमा पनि त्यही भएको हो अहिलेसम्म नेतृत्वको बागडोर कुनै पनि सर्वमान्य वा सक्षम नेतालाई दिइएन । त्यसैले अहिलेको महाधिवेशन काँग्रेसलाई रुपान्तरण र सक्षम नेतृत्व स्थापित गर्नका लागि कोशेढुङ्गा हो । जहाँ युवा पुस्ताबाट नेपाली काँग्रेसले सक्षम नेता खोज्नु पर्छ । युवालाई नेतृत्व दिनु पर्छ । जसले विचारको राजनीति गरोस् । त्यसैले नेपाली काँग्रेसका नेताहरुको चाँडो आँखा खुलोस् र कार्यकर्ता सचेत बनून् । काँग्रेस कमजोर हुनु अघि नै सक्षम नेतृत्वले सही बाटोमा हिडाँउन सकून् । लोकतन्त्रका लागि जन्मेको र लडेकोे काँग्रेस पार्टी कमजोर हुँदा लोकतन्त्रलाई पनि चुनौति थपिन्छ । त्यसैले गुटबन्दी वा पाकासमूहको कोटरी भित्र र वहुवलको भरमा होइन विचारको राजनीति गरेर नेपालमा काँग्रेसको अस्तित्व वचाउनु अहिलेको आवश्यकता देखिन्छ ।  

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment