कक्षा ११ को परीक्षाफल प्रकाशित, ४९.२ प्रतिशत उत्तीर्ण मौका परीक्षा माघ २९ गते हुने

मौका परीक्षा माघ २९ गते हुने
इलाम,३० पुुषः उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । गएको असारमा भएको परिक्षामा सहभागी मध्ये नियमित तर्फ ४९.२ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएको परिषद्ले जनाएको छ ।
नियमिततर्फ १ लाख १९ हजार ९ सय १६ जना परीक्षार्थी उतीर्ण भएको परिषद्ले जनाएको छ । २ लाख ४३ हजार ७ सय ३१ जना परीक्षार्थीले परिक्षा दिएका थिए ।
अघिल्लो वर्ष ४७.२६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । आंशिकतर्फ ३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
आंशिकतर्फ ४३ हजार ९८३ जना पास भएको परिषदले जनाएको छ । आंशिकतर्फ १ लाख २६ हजार ९ सय ३० जना परीक्षार्थी सहभागी थिए ।
एक विषय लाग्ने परीक्षार्थीले मौका परीक्षा दिन पाउनेछन् । मौका परीक्षा माघ २९ गते हुनेछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment