कृषक र फर्मवालाहरु कार्यक्रमबारे अनभिज्ञ
इलाम, १माघः सरकारी कार्यालय बिहान करिब आठ बजे नै खुल्छ, त्यो पनि इलाममा भन्दा पत्याउन गाहे हुन्छ । तर भत्ता वितरण गर्ने दिन इलामको एक कार्यालय बिहान सबेरै खुल्छ । त्यो हो जिल्ला पशु सेवा कार्यालय इलाम । भत्ता वितरण मात्र हैन त्यो पनि तीन पटकमा सम्पन्न गर्ने कार्यक्रम एकै पटकमा सकेर राम्रै भत्ता खल्तीमा लगाउन ।
यो कुनै काल्पनिक कथा हैन, पुष २७ गते सोमबार बिहान ८ः०० वजे जिल्ला पशु सेवा कार्यालय इलामको यथार्थ जानकारी हो ।
अन्य दिन कार्यालय समयमा कर्मचारी पाउनै गाहे हुने सो कार्यालयमा सो दिन आठ बजेकै हाराहारीमा सबै कर्मचारी जम्मा भएका थिए । केही कर्मचारी कार्यालयकै कामले झँै ब्यस्त भैmँ देखिन्थे । कार्यालयका कर्मचारी मात्र हैन जिल्लाका केही सेवा केन्द्रका इञ्चार्जहरु पनि कार्यालयमा आइपुगे । कार्यालयको बैठक कक्षमा भेला भएका करिब पन्ध्र जना कर्मचारी ठुलै र भव्य कार्यक्रम सम्पन्न गर्न जस्तै गरी जुटेका थिए । भन्दा लाज मर्दो कुरा, त्यहाँ न कार्यक्रमको ब्यानर थियो, न त कार्यक्रमको अरु प्रक्रिया नै देख्न सकिन्थ्यो ।
सो कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय अन्तर्गत चालु आर्थिक वर्षको प्रथम चौमासिकमा सम्पन्न गर्नुपर्ने ‘व्वसायिक फार्म लक्षित कार्यक्रम’ अन्तर्गतको ‘पशु बिमा सम्बन्धी अभिमुखीकरण गोष्ठी’ का नाममा कर्मचारीहरु उपस्थित भएका थिए । तर त्यहाँ कर्मचारी बाहेक व्यवसायिक फार्मका कुनै प्रतिनिधि वा कृषक सहभागिता थिएन । ताकि व्यवसायिक फार्मका प्रतिनिधि र कृषकलाई कार्यक्रममा बोलाइएकै थिएन ।
समाचार स्रोतका अनुसार सो गोष्ठी सम्पन्न भएको देखाउनकै लागि र गोष्ठीका नाममा ‘टीएडीए’ अर्थात यातायात खर्च र दैनिक भत्ता कर्मचारीलाई बितरण गर्नकै लागिमात्र त्यहाँ कर्मचारीको भेला गरिएको हो । जसका लागि कार्यक्रम तय गरिन्छ उनीहरुलाई नै कार्यक्रममा सहभागी नगराइनु कति सम्मको कृषक हेपाहा प्रवृत्ति हो । कार्यालयले दिएको जानकारी अनुसार प्रथम चौमासिकमै सक्नु पर्ने उक्त कार्यक्रम दोस्रो र तेस्रो चौमासिकमा सोहि दिन तय भएको बुझिएको छ ।
कार्यक्रमका लागि तीनवटा चौमासिकमा छुट्टाछुट्टै, गर्नेगरी एक लाख २० हजार रुपैंयाँ अर्थात प्रति कार्यक्रम ४० हजार रुपैंयाँ बजेट छुट्टिएको रहेछ । बजेटबाट कार्यक्रममा उपस्थित हुने सहभागीलाई गाडी भाडा र दैनिक भत्ता, सहजकर्ताका लागि सहजीकरण भत्ता, स्टेशनरी र चियापानमा खर्च गर्नुपर्ने प्रावधान छ । दैनिक भत्ता र यातायात खर्च बापत सहभागीलाई कार्यक्रमबाट उपलब्ध गराइने गरेको कार्यालयकै एक कर्मचारीले बताए ।
स्रोतका अनुसार कार्यालयका योजना शाखाका अधिकृत ध्रुव यादवले डिजाइन गरे अनुसार यो कार्यक्रम सम्पन्न गरिएको हो । अधिकृत ध्रुवले वर्षभरी गरिने योजनाहरुमध्ये कतिपय कार्यक्रमहरुमा यसैगरी कर्मचारीलाई भत्ता बाँड्ने र कार्यक्रम नै नगरी सक्ने गरेको पनि स्रोतले बताएको छ । स्रोतका अनुसार कर्मचारीलाई बोलाएर भत्ता दिएपछि कसैले केही बोल्न नसक्ने भएपछि सो कार्यक्रम त्यसरी तय भएको हो । लक्षित वर्ग अथवा समूहलाई भनेर आएको कार्यक्रममा कर्मचारीले मात्र फाइदा लिने गरेको तथ्य यसरी सार्वजनिक भइरहँदा सेवाग्राही पक्ष सधै पिडित भइरहेका छन् । पहिलेपहिले यस्तो नभए पनि ध्रुव यादव सो कार्यालयमा आएपछि यस्तो नियम बनेको रहेछ । हाल उनी नै कार्यालय प्रमुख तोकिएका छन् ।यता कार्यालय प्रमुख पशुपति ढुङ्गानाले चाहिँ उक्त कार्यक्रम व्यवसायिक फार्म लक्षित नभएर कार्यालयकै कर्मचारीका लागि भएको बताए । उनका अनुसार फार्मवालालाई बिमा सम्बन्धी सबै कुरा धेरै कार्यक्रमबाट थाहा दिइ सकिएकोले यसरी कार्यक्रम तय गरिएको हो । यस बारेमा सेवा केन्द्रलाई थाहै छैन । त्यसैले कर्मचारीलाई यो कार्यक्रम राखिएको हो । उनका अनुसार सो कार्यक्रम कृषक र व्यवसायिक फार्मका लागि होइन । उक्त कार्यक्रममा कर्मचारीलाई बिमाका नीतिनियम सहित बिमा प्रकृया, दाबी प्रकृया बारे जानकारी दिइन्छ ।

0 comments:
Post a Comment