इलाम, १ मघः बंगबन्धु गोल्डकप फुटबल अन्र्तगत समुह चरणको अन्तिम खेलमा आज नेपाल र आयोजक बंगलादेशबीच प्रतिस्पर्धा हुदैछ । बंगलादेशको नेश्नल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सूरु हुनेछ । विजेता टोली समुह विजेताको रुपमा सेमिफाईनल प्रवेश गर्नेछ । एक जित र एक बराबरीको नतिजा निकालेका बंगलादेश र नेपाल समान ४ अंक जोड्दै तालिकाको क्रमश पहिलो र दोस्रो छन् । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ४–२ ले पराजित गरेको थियो भने दोस्रो खेलमा मलेसियासंग १–१ गोलको बराबरी खेलेको थियो । नेपालले पहिलो खेलमा मलेसियासंग गोल रहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई १–० ले पराजित गरेको थियो । समुह ए अन्र्तगतको अर्को खेलमा आजै मलेसिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । अघिल्लो चरण प्रवेशको गणितिय सम्भावना कायमै राख्न मलेसियालाई आजको खेल जित्नै पर्ने दबाब छ । श्रीलंका यस अघिनै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment