दोलखाका भूकम्पपीडित भन्छन– नक्कली सक्कली प्रमाणित गर

दोलखा । सरकारले दोलखालगायतका भूकम्प प्रभावित जिल्लामा नक्कली भूकम्पपीडित बढेको आरोप लगाएपछि स्थानीय राजनीतिक दल तथा जिल्लाबासीले पीडितलाई आहत दिने काम गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।
भूकम्पपीडितहरुलाई राहतका लागि दिने भनिएको १५ हजार र १० हजार पुर्‍याउन नसक्ने सरकारले हचुवाको भरमा नक्कली भूकम्पपीडित बढेको आरोप लगाउनु पीडितलाई राहतभन्दा पनि आहत दिने नियत भएको दलहरुको आरोप रहेको छ ।
नेपाली कांग्रेस दोलखाका सभापति ताराबहादुर कोइराला आफूले घोषणा गरेको राहत दिन नसक्ने सरकारले दलहरुको समन्वयमा जिल्ला दैवी प्रकोप समितिले पठाएको विवरणलाई फर्जी भन्नु नालायकीपनि भएको आरोप लगाउँछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment