इलाम, २४ पुषः दलालको प्रलोभनमा परी एक वर्षको अवधिमा पूर्वी नाकाबाट रोजगारीका सिलसिलामा भारत गएका १७ युवती मध्ये ११ जना अझै फेला परेका छैनन् ।
माइती नेपाल पशुपतिनगर आवधिक गृहले दिएको जानकारीअनुसार सन् २०१५ मा भारतमा हराएका भनी १७ जनाको निवेदन परेपछि खोजी गरी छजनालाई आफन्तको जिम्मा लगाइएको र ११ जना अझै सम्पर्क विहीन बनेको आवधिक गृहले जनाएको छ ।
उनीहरूलाई भारतको दार्जिलिङ, सिक्किम, सिलिगुढी लगायतका घर तथा होटलबाट उद्धार गरी परिवार तथा अभिभावकको जिम्मा लगाइएको हो । हराएकाहरूको माइती नेपाल र माइती नेपाल सञ्जाल समूहले व्यापक खोजी गरिरहेको आवधिक गृह पशुपतिनगरका संयोजक होम ढकालले जानकारी दिए ।इलामको पूर्वी क्षेत्रका दर्जनौँ अवैध नाका हुँदै रोजगारीका लागि भारत हिँडेका एक सय सन्तानब्बे जनालाई सीमा क्षेत्रबाटै परामर्श गरी घर फर्काइएको माइती नेपालले जनाएको छ । रोजगारीका लागि भारत पुगेका एक सय एक्काइस जनालाई माइती नेपाल, विभिन्न सङ्घसंस्था र प्रहरीको सहयोगमा उद्धार गरी पुनःस्थापना केन्द्रमा राखिएको छ ।
माइती नेपालले सन् २०१५ मा एक हजार तीन सय त्रिचालिस युवतीलाई परामर्श सेवा प्रदान गरेको छ । माइती नेपालमा एक वर्षमा सत्र वटा घरेलु हिंसाका उजुरी परेका थिए। जुन गत वर्षको तुलनामा ४० प्रतिशतले कम हो । जिल्लाका सीमावर्ती अवैध नाकाको प्रयोग गरी दलालले किशोरीलाई भारततर्फ लैजाने गरेको माइती नेपालले जनाएको छ ।
इलामको जिर्मले, श्रीअन्तु, पशुपतिनगर, समालबुङ, गोर्खे, जोगमाई, माइमझुवा र मावु गाविसका चोरबाटोबाट दलालले चेलीबेटीलाई रोजगारीको प्रलोभन देखाएर भारतका विभिन्न सहर पु¥याउने गरेका हुन् । भारतको दार्जिलिङस्थित पिएसडी कम्पनीमा रोजगारी दिने सपना देखाएर जिल्लाका विभिन्न गाउँबाट नेटवर्किङ व्यवसाय सञ्चालन गरी सीमापार लैजाने गरेको समेत पाइएको छ । दलालले १६ देखि ३० वर्ष उमेर समूहका युवतीलाई जागिरको प्रलोभन देखाएर भारत पु¥याउने गरेका छन् ।
प्रायः भूकम्पप्रभावित सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, काभ्रेलगायतका जिल्लाबाट युवतीलाई दलालले भारत पु¥याउने गरेको माइती नेपालको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
सीमावर्ती क्षेत्रबाट अवैध बाटोको प्रयोग गरी दलालले चेलीबेटी भारत पु¥याउन थालेपछि माइती नेपाल र प्रहरीले संयुक्तरूपमा सञ्जाल समूह गठन गर्ने र शङ्कास्पद व्यक्ति भेटिएमा प्रहरीमा खबर गर्न भनेको प्रहरी नायब उपरीक्षक प्रकाश रानाभाटले भने ।
प्रहरीले सीमावर्ती गाविसमा समेत इलाका प्रहरी कार्यालयअन्तर्गतका प्रहरी चौकीमार्फत नियमित पैदल गस्ती सुरु गरेको समेत प्रनाउ रानाभाटको भनाइ छ ।
सीमा क्षेत्रमा गठन भएका त्यस्ता समूहका सदस्यले भारत जान लागेका महिलालाई नजान सुझाव दिने, गाउँमा चेलीबेटी बेचबिखनबारे जनचेतना फैलाउनेलगायतका काम गर्दै आएको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकाल बताउछन् । ‘अवैध मार्गबाट चेलीबेटी भारततर्फ लागेको थाहा पाउनेबित्तिकै हामीलाई खबर गर्छन्, हामी दुवै देशका अधिकारीको सहयोगमा भए पनि उनीहरूलाई फर्काएरै छाड्छौँ’ – ढकालले भने । सीमा क्षेत्रमा गठन भएका सञ्जाल समूहको सक्रियतापछि विगतको तुलनामा चेलीबेटी बेचबिखन केही कम भएको उनी बताउँछन् । सन् २०१४ मा १६ युवती भारतको विभिन्न कोठी र होटलमा हराएको माइती नेपालले जनाएको छ ।
सीमा क्षेत्रमा गठन भएका सञ्जाल समूह र पशुपतिनगरमा प्रहरीको सहयोगमा युवतीलाई रोकेर परामर्श गर्न थालेपछि दलालले चोरबाटोको प्रयोग गर्न थालेका छन् । रोजगारीको प्रलोभनमा परेर भारत जाने भन्दै गएका धेरै युवती कोठी र होटलबाट फर्कन थालेको आवधिक गृह पशुपतिनगरले जनाएको छ । रासस

0 comments:
Post a Comment