इलाम २४ पुसः अमेरिकाको क्यालिफोर्नियामा पुस २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाइने भएको छ । सान्तारोजा शहरमा अवस्थित काफल रेस्टुरेन्टको प्रायोजनमा एकता दिवसको कार्यक्रमका साथ निशुल्क भोजनको समेत व्यवस्था गरिएको छ ।
नेपालको राष्ट्रियता खतरामा परेका बेला सम्पूर्ण नेपालीहरुमा एकताको सन्देश प्रवाह गर्न एकता दिवस मनाइन लागेको कार्यक्रम संयोजक युवराज कार्कीले बताए ।
कार्यक्रम बिहान ११ बजे सुरु भई ३ बजे सम्पन्न हुने आयोजकले जनाएको छ । काफल समुहले पृथ्वीनारायण शाहका नाममा अवार्डसमेत घोषणा गर्ने जनाइएको छ । कार्यक्रममा नेपालीहरुका विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति रहने छ ।

0 comments:
Post a Comment