इलामः इलाममा जारी टुवोर्क माईभ्यालि अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप अन्तर्गत चौथो दिनको आज सम्पन्न खेलमा ससस्त्र प्रहरीको एपिएफ फुटवल क्लव विजयी वन्दै सेमी फाइनलमा प्रवेश गरेको छ । एपिएफले क्वाटर फाइनलमा काठमाण्डौको सरस्वती फुटवल क्लवलाई चार–शुन्यको फराकिलो गोल अन्तरले पाखा लगाएको हो ।
जीतकालागि एफिएफका जर्सी नम्वर १४ का खेलाडी श्याम नेपालीले पहिलो हाफको ३२ औँ मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । पहिलो हाफकै ४६ औँ मिनेट अर्थात इन्जुरी समयमा जर्सी नम्वर ५ का रमेश दंगालले अर्को गोल गर्दै नतिजा दोब्बर वनाए । पहिलो हाफ सम्म एपिएफको दवावमा परेको सरस्वतीले दोस्रो हाफमा समेत दवावमा नै बस्नु प¥यो । दोस्रो हाफको ३९ मिनेटमा एपिएफकै जर्सी नम्वर १० का गणेश लावती र ४४ मिनेटमा जर्सी नम्वर ११ का रामकुमार कुमालले अर्को गोल गर्दै एपिएफले सानदार जित निकाल्यो । सरस्वतीले गोल गर्ने थुप्रै अवसर प्राप्त गरे पनि सदुपयोग गर्न नसक्दा प्रतियोगिता चरणबाट बाहिरिनु परेको छ । भोलीकोे खेल झापा ११ र साहारा फुटवल क्लव पोखरा विच प्रतिष्पर्दा हुने आयोजकले जानकारी दिएको छ ।

0 comments:
Post a Comment