इलाम, १६ माघः इलाममा बचत तथा ऋण सहकारी संस्थाहरुको संख्या तीव्ररुपमा बढ्दै गइरहेको छ । बिना धितो ऋण पाउनेर थाहानै नपाई एकमुस्ट रकम जम्मा हुने भएकाले पनि स्थानीयको आर्कषण बचत तथा ऋण सहकारीमा बढेको हो । बचतकर्ताले बिना धितो ऋण पाउने र एकमुस्ट रुपमा बचत फिर्ता पाउने भएकाले व्यापारमा लगानी गर्न पनि सहज हुने बचतकताहरुको भनाई छ ।
सहकारीका बचत संकलकहरु घरघरमा आएर बचत लिएर जाने भएकाले बैकसम्म धाउने समय पनि बचत हुने स्थानीय बचतकार्ता लिला श्रेष्ठको भनाई छ ।
इलाममा अहिले दैनिक रुपमा बचत संकलन गर्ने सहकारी संस्था ३० वटा रहेका छन् । इलामको इतिहासमा पहिलो सहकारी श्री कृष्ण सहकारी संस्था फिक्कलमा २०४९ सालमा शुरु भएको हो । तर अहिले सो संस्था निस्कृय भए पछि खारेजीमा परेको डिभिजन सहकारी इलामले जानकारी दिएको छ । इलाम जिल्लामा अहिले सम्म विभिन्न सहकारीहरु ५२५ वटा दर्ता भएको रेकर्ड डिभिजन सहकारीमा देखिन्छ । इलाममा सहकारी संस्थाको बृद्धिसँगै आर्थिक कारोबारको पनि बृद्धि भएको छ । अहिले सम्म इलाम जिल्ला भित्र ४० वटा सहकारीले दैनिक कारोबार गरिरहेका छन् ।
इलाम नगरपालिका भित्रमात्र अहिले बचत सहकारीहरुले दैनिक तीस लाख रुपैंयाँ बढीको आर्थिक कारोबार सहकारी बैंक मार्फत गरेको सहकारी बैंकले जानकारी दिएको छ । इलाममा संचालित जागृति बहुउद्देश्य सहकारी संस्थाका व्यवस्थापक कुलबहादुर रायका अनुसार इलाममा अहिले अरुको देखसिखि गरेर प्रतिस्पर्धामा आउने र ग्राहकको इच्छा अनुसार सेवा सुविधामा पनि ध्यान दिएर सहकारी संचालन भएकाले बचत सहकारीहरु तीब्र बृद्धि भएका हुन् । एक लाख सम्मको ऋण कुनै प्रकारको धितो नचाहिने र सो भन्दा माथि ऋण लिन पनि बैंकमा जस्तो झमेला नभएकाले पनि इलाममा सहकारी संस्थाको बृद्धि भएको हो ।

0 comments:
Post a Comment