साहारालाई हराउँदै झापा ११ सेमीफाईलमा


इलाम, १८ माघः इलाममा जारी टुवोर्क माईभ्यालि अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप अन्तर्गत पाँचाँै दिनको खेलमा झापा ११ विजयी वन्दै सेमी फाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न क्वाटर फाइनलमा साहारा क्लव पोखरालाई २–१ गोल अन्तरले झापाले अग्रता लिँदै सेमी फाइनलको यात्रा तय गरेको हो । खेलको १४ औँ मिनेटमा झापा जर्सी नम्वर १७ का योगेश गुरुङले गरेको गोलसँगै झापाले अग्रता लिएको हो । दोस्रो हाफ पछिको २३ औँ मिनेटमा साहारा जर्सी २ का खेलाडी भिक्टोरले गरेको गोलसँगै खेल वरावरीमा पुगेको थियो । त्यो नतिजा लामो समय टिक्न सकेन दोस्रो हाफ पछिको २९ औँ मिनेटमा झापा जर्सी नम्वर १० का खेलाडी बिशाल राईले गरेको गोलसँगै झापाले अग्रता लिँदै सेमी फाइनलको यात्रा सुरक्षित गरेको हो ।
सोमबारको खेलको म्यान आफ दि म्याच झापाका खेलाडी योगेश गुरुङ बनेका थिए । उनले म्यान आफ दि म्याचको उपाधि सँगै नगद पाँच हजार समेत प्राप्त गरे । मंगलबारको खेल शेर फुटवल क्लब दार्जिलिङ र त्रिभुवन आर्मी बिच प्रतिष्पर्दा हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment