आत्मनिर्भर बन्दै पार्लर व्यवसायबाट

साबित्रा अधिकारी
इलाम, ३ माघः इलाममा पछिल्लो समय बाक्लै संख्यामा व्युुटी पार्लरहरु देखिन थालेका छन् । कस्मेटीक पसलसँगै पार्लर व्यवसाय निक्कै फस्टाएको देखिन्छ । यसरी पार्लरको संख्या धेरै देखिए पनि सधै सबै जस्तो व्यस्त देखिन्छन पार्लर व्यवसायीहरु । उनीहरुका अनुसार पहिला भन्दा अहिले पार्लर व्यवसाय निक्कै राम्रोसँग चलिरहेको छ । हाल आएर पार्लर व्यवसाय हेर्दा सहज देखिए पनि यस क्षेत्रमा काम गर्न भने कठिन रहेको पार्लर व्यावसायीहरुको ठहर छ ।
इलाममा पार्लर व्यवसायसँगै व्युुटीसियनको तालिम गराउने व्यवसाय पनि राम्रोसँग मौलाएको छ । व्युुटीसियनको तालिम गरेर आत्मनिर्भर बन्नेहरु इलाममा धेरै जना छन् । विशेष गरेर वैदेशिक रोजगारीमा जाने युवतीहरु व्युुटीसियनको तालिम लिने गरेको पाईन्छ । 
अहिले आएर इलाममा गाउँगाउँमा पनि व्युटी पार्लर व्यावसाय फस्टाएको छ । गाउँका युवतीहरु बजारमा आएर व्युुटीसियनको तालिम लिएर गाउँमा गएर आफ्नै व्युटी पार्लर र कस्मेटीक व्यवसाय गरेर पनि बस्ने गरेको पाईन्छ । एकाइसौ सताव्दीमा आउँदा मानिसहरु आफ्नो सुुन्दरतामा धेरैनै समय खर्चने गरेकोले पनि अहिले युवतीहरुलाई पार्लर व्यवसाय सञ्चालनमा सहज भएको देखिन्छ । 
इलाम चोकबजारमा ओपल व्युुटी पार्लर व्यवसाय गर्ने सरस्वती प्रधान भन्छिन्– इलाममा अहिले सम्म पनि पार्लर व्यवसाय गर्ने व्युुटीसियनहरुको ‘स्किल टेस्ट’ नभएकोले गर्दा र कुुनै प्रकारको विशेष कोष संचालन नभएकोले गर्दा पछि गएर व्युुटी पार्लर व्यवसयमा ठूलो समस्या आउन सक्ने सम्भाना औल्याउँछिन् । महिलाहरुको लागि घर परिवारबाट धेरै आर्थिक लगानी गर्न नमान्ने भएकाले पनि यो व्यवसायमा आर्थिक समस्या परि रहने उनको भनाई छ । यसरी पार्लर व्यवसायका लागि कुनै संस्थाले बिना धितो लगानी गरिदिए पार्लर व्यवसाय गरेर आत्मनिर्भर हुन चाहने युवतीहरुलाई सहज हुने उद्यमीहरुको ठहराई छ ।
इलाममा पार्लर संचालन सम्बन्धि कुनै नियम नभएकाले सिकारुहरुले पनि यस्तो काम गर्ने भएकाले अहिले पार्लरको संख्यमा पहिलाको तुलनामा दोव्बर भई सकेकोले काम गनै धेरै गाहे भईरहेको पार्लर व्यावसायीहरुको गुुनासो छ । यो व्यवसायलाई पनि संगठित गरेर गर्ने हो भने इलाममा पार्लर व्यवसयाको भविष्य राम्रो देखिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment