बंगबन्धु गोल्डकप फुटवलको सेमिफाईनलमा नेपाल र माल्दिभ्स भिड्ने


इलाम, २ माघः नेपालले बंगबन्धु गोल्डकप फुटवलको सेमिफाइनलमा माल्दिभ्स अण्डर–२३ टिमसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
समुह बी अन्तरगत आज भएको खेलमा बहराईनको अण्डर २३ टीमसँग १–१ गोलको बराबरी खेलेको माल्दिभ्स समुह विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको हो । माल्दिभ्स ७ अंकमा शीर्ष स्थानमा रहँदा बहराईन पनि ५ अंकमा उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गर्‍यो ।
बंगलादेशमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाईनलमा समुह ए को विजेता बंगलादेश र बहराईन तथा दोस्रो सेमिफाइनलमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाल समुह ए को उपविजेता बन्दै सेमिफाईलनमा पुगेको हो ।
माल्दिभ्सले लिगचरणका खेलमा दुईमा जित र एकमा बराबरी निकाल्यो भने नेपाल, बहराईन र बंगलादेशले एकमा जित र दुईमा बराबरीको नतिजा निकालेका हुन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment