काठमाडौँ – एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नविना लामा निर्वाचित भएकी छन् ।
अध्यक्षका अर्का प्रत्यासी तथा वरीष्ठ नेता माधब नेपाल पक्षका दिपक गौतमलाई हराउँदै अखिल इतिहासमा रामकुमारी झाँक्रीपछि उनी उनी दोस्रो अध्यक्ष भइन् । लामाले आफ्ना प्रतिद्वन्द्वी दिपक गौतमलाई २१६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन्। कुल मत १५९७ मध्ये खसेको १५१९ मत मध्ये लामाले ८६५ प्राप्त गरिन भने गौतमले ६४९ मत प्राप्त गरेको थिए ।
यसैगरी महासचिवमा लामा प्यानलकै ऐनबहादुर महर निर्वाचित भए। उनले गौतम प्यानलका अब्दुल हुसेन खाँलाई पराजित गरे। महासचिवमा निर्वाचित ऐन महरले ८३१ मत प्राप्त गर्दा हुसेनले ६६० मत प्राप्त गरे।
यस्तै उपाध्यक्षमा महेश बर्तौला ७८६ ,रश्मी आचार्य ७४२,शैलेश लामा ६८२ र सुनिता बराल ७२१ मतका साथ निर्वाचित भएका छन्। उपाध्यक्षमा निर्वाचित सबै लामाकै प्यानलका हुन्।
यसैगरी ७ सचिवमा आरसी लामिछाने, समिक बडाल, मकर खड्का, सुदेश पराजुली, आरती लामा, वासिम आलम र अमृत बुढा निर्वाचित भएका छन्। सचिवमा निर्वाचित आरती लामा, वासिम आलम र सुदेश पराजुली बाहेक सवै लामा प्यानलकै निर्वाचित भएका हुन्।
यसैगरी कोषाध्यक्षमा लामा प्यानलकै झपिन्द्र खत्री निर्वाचित भए।
यस्तै अनुशासन आयोगको अध्यक्षमा नीशा अधिकारी निर्वाचित भइन् भने लेखा आयोगमा धर्मेन्द्र रोकाय निर्वाचित भएका छन्।
यसैगरी उपत्यकाबाट अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्यमा अशोक थापा, तपेन्द्र जंग शाही, भुपेन्द्र शाह, केशरा ज्ञवाली, अञ्जु गौतम, नम्रता महर्जन, दीपेस प्रसाई, ज्ञान भक्त ढंगोल, बसन्त न्यौपाने, पकंज भण्डारी, गोविन्द श्रेष्ठ, विनिता काफ्ले र उदेश राई निर्वाचित भएका छन्।

0 comments:
Post a Comment