इलाममा जेएन साङ्गीतिक साँझ

इलामः नेकपा एमाले निकट राष्ट्रिय जन साँस्कृतिक महासंघ, नेपालको २८ औँ पार्षिक उत्वव इलाम सदरमुकाममा शुरु भएको छ ।
कार्यक्रमको अवसरमा पुर्वप्रधानमन्त्रि तथा एमाले वरिष्ठ नेता साथै गितकार झलनाख खनाल द्वारा सृजना गरिएका र संगितकार अशोक राईद्वारा संगित भरिएका गितहरु समेत प्रस्तुत गरिने भएको  छ । ‘जेएन सांगितिक साँझ’ कार्यक्रम सात गते साँझ गौतबमबुद्धसभागृहमा भएको हो  ।
जेएन सांगितिक साँझ शुरु हुन भन्दा पहिला कविता वाचन कार्यक्रम भएको थियो एमालेका महासचिव इश्वर पोखरेलको उपस्थितिमा भएको कार्यक्रमा ४० जना कवि कवियत्रीले आफैले रचना गरेका कविता बाचन गरेका थिए । सोहि कायत्तक्रमा महासचिव इश्वर पोखरेलले पनि दुई वटा कविता वाचन गर्नुभएको थियो ।
इलामको साँखेजुङ ४ मा २००६ सालमा जन्मनु भएका झलनाथ खनालले २०२० साल देखिनै विभिन्न गित तथा साहित्यका विषयमा कलम चलाउनु भएका झलनाथ खनालद्वारा रचना गरेका ११ वटा गित कार्यक्रमा प्रस्तुत गरिएको थियो  । अझैपनि प्रगतिको बाटो भेटिएन गितबाट शुरु भएको जेएन सांगितिक साँझमा अन्य १० ओटा जनबादी गितहरुको प्रस्तुति रहेको थियो ।
२०४४ साल पुष १९ गते विधिवत रुपमा स्थापना भएको महासंघको वार्षिक उत्वस कार्यक्रम। कार्यक्रममा भारत तथा देशैभरका सांगितिक कर्मी तथा साहित्यकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment