इलाम, २३ माघ: ‘टुवोर्ग अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता’ को दोस्रो संस्करण झापा ११ ले तिजेको छ । विभागिय टिम शसस्त्र प्रहरीको नेपाल एपीएफसँगको फाईनल खेलमा झापाले २–० को जित निकाल्दै उपाधिमाथि कब्जा जमाएको हो ।
खेलको २६ अै मिनेटमा विशाल राईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । कर्ण लिम्बुको पासलाई सदुपयोग गर्दै राईले सुन्दर गोल गरे । दोस्रो हाफको ३१ औं मिनेटमा झापाका तर्फबाट योगेश गुरुङले गोल गर्दै जित सुनिश्चित गरे । प्रतियोगिताको म्यान अफ दि सिरिज झापाका गोल रक्षक किशोर गिरी
घोषित भए । झापाकै नगेन्द्र मणी लिम्बु उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता कर्ण लिम्बु, उत्कृष्ट प्रशिक्षक भगिरथ आले (मामा) घोषित भए । त्यस्तै उत्कृष्ट डिफेन्स एपिएफका सुदिप शिल्पकार र उदियमान खेलाडी माइभ्याली फुटबल क्लबका मनीष थापा घोषित भए । विजेता रमपम झापाले नगद ३ लाख ५० हजार रुपैंयाँ नगदसहित मेडल ट्रफि जितेको छ । उपविजेता एपीएफले १ लाख ७५ हजार रुपैयाँ नगदसहित ट्रफि मेडल प्राप्त गरेको छ । म्यान अफ दि सिरिज किशोर गिरीले नगद २५ हजार अन्य विधाका खेलाडीले ५ हजार रुपैंयाँ प्राप्त गरेका छन् । विजेता टिमलाई पहिलो पुरस्कार प्रायोजक सुर्योदय नगरपालिका जहरसिंह गाउँका तारा सापकोटा र रोजु सापकोटाले पुरस्कार वितरण गरे । दोस्रो हुने एपिएफले नगद एक लाख पचहत्तर हजार रुपैंयाँ र ट्रफि प्राप्त गरयो ।

0 comments:
Post a Comment