इलाम ः प्रथम माइभ्याली गोलकपको विजेता त्रिभुवन आर्मीलाई एकका विरुद्ध चार गोल गर्दै ससस्त्र प्रहरीको एपिएफ फुटवल क्लब इलाममा जारी दोस्रो टुवोर्क माईभ्यालि अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
जीतका लागि ससस्त्र प्रहरीका जर्सी नम्वर १५ का खेलाडी स्याङतानले पहिलो गर्दै टीमलाई अग्र्रता दिलाएका थिए । त्यस्तै खेलको २० औँ मिनेटमा नै ससस्त्रका जर्सी नम्वर १७ का खेलाडी निरज श्रेष्ठ, ४५ मिनेटमा जर्सी नम्वर १४ श्याम नेपाली र इन्जुरी समयको सदुपयोग गर्दै जर्सी नम्वर ७ का टोप विस्टले क्रमश एक–एक गोल गर्दै ससस्त्र प्रहरीलाई जीत दिलाएका थिए । आर्मीको तर्फबाट सान्त्वना गोल खेलको ९० औँ मिनेटमा जर्सी नम्वर ३२ का दिपक गुरुङले गरेका थिए ।
ससस्त्र प्रहरीले रुपन्देहीलाई चार शुन्यले पराजित गरेको झापा ११ सँग २३ गते शनिवार फाइनलमा प्रतिष्पर्दा गर्ने भएको छ । प्रथम हुने टीमलाई नगद तीनलाख पचास हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र र द्धितिय हुने टीमलाई नगद एक लाख पचहत्तर हजार सहित ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिने जनाइएको छ ।
0 comments:
Post a Comment