कर्ण लिम्वुको ह्याट्रीक सँगै झापा फाइनलमा

इलाम, २० माघ ः रुपन्देही ११ लाई ४–० गोल अन्तरले पाखा लगाउँदै झापा ११ इलाममा जारी टुवोर्क माईभ्यालि अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । जीतका लागि झापा जर्सी नम्वर १४ का खेलाडी कर्र्ण लिम्बूले खेल अवधिकै पहिलो ह्याडट्रिक पुरा गरेका थिए । उनले खेलको आठ, दश र दोस्रो हाफ पछिको इन्जुरी समयमा गोल गर्दै ह्याट्रीक पुरा गरेका हुन् भने खेलको बाहुन्न आँँै मिनेटमा जर्सी नम्वर ८ का नरेन्द्रमणी लिम्वूले थप एक गोल गर्दै फाइनलमा आफ्नो यात्रा सुरक्षित गरेका हुन् । झापाले शनिबार भोली एपिएफ र नेपाल आर्मी बिच हुने खेलको  विजयी टीमसँग प्रतिष्पर्दा गर्ने छ ।
 प्रतियोगितामा रुपन्देही ११ का जर्सी नम्वर ५ का विजय धिमालले रेडकार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । भोलीको खेल ससस्त्र प्रहरीको एपिएफ फुटवल क्लब र नेपाल आर्मी बिच प्रतिष्पर्दा हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment