भारतको गुहावटीमा हुने बाह्राँै दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउन २० सदस्यीय पुरुष राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रिय पुरुष तथा महिला फुटबल टोलीलाई सफलताको शुभकामना दिँदै आयोजक सङ्घका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले बिदाई गर्नुभयो । महिला फुटबल टोली भने भोलि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
साफ च्याम्पियनसीपको उपविजेता टोली सम्मानित
एन्फाले सन् २०१४ मा पाकिस्तानमा भएको महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने राष्ट्रिय महिला फुटबल टोलीलाई आज नगदसहित सम्मान गरेको छ ।
प्रतियोगिता सम्पन्न भएको करिब दुई वर्षपछि पूर्व घोषणाअनुसार एन्फाले आज २० सदस्यीय टोलीलाई जनही रु ५० हजार प्रदान गर्दै सम्मान गरेको हो ।
पाकिस्तानमा सम्पन्न उक्त प्रतियोगिताको फाइनल खेलमा नेपाल भारतसँग ०–६ गोलअन्तरले पराजित हुँदै दोस्रो भएको थियो ।

0 comments:
Post a Comment