इलाम, १९ माघ ः गत बर्षको च्याम्पियन नेपाल आर्मी इलाममा जारी टुवोर्क माईभ्यालि अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप अन्तर्गत सेमी फाइनल खेलमा ससस्त्र प्रहरीको एपिएफ फुटवल क्लवसँग भिड्ने पक्का भएको छ । आज भएको अन्तिम क्वाटर फाइनल खेलमा पाहुना टीम भारतको शेर फुटवल क्लब कालिङ्पोङलाई २–१ गोल अन्तरले पछि पार्दै सेमी फाइनलको यात्रा पक्का गरेको हो । जीतका लागि आर्मी जर्सी नम्वर १७ का दिप लामाले खेलको ८ औँ मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । लामाले दिएको आर्मीको अग्रता लामो समय सम्म टिक्न सकेन लगत्तै २ मिनेट अर्थात खेलको १० औँ मिनेटमा कालिङ्पोङका जर्सी नम्वर २ का खेलाडी शैलेश शंकरले गोल गर्दै खेललाई वराबरीमा पु¥याए । पहिलो हाफ सम्म वराबरीमा नै समाप्त भए पनि खेलको ६६ औँ मिनेटमा आर्मी जर्सी नम्वर १० का खेलाडी भरत खवासले थप एक गोल गर्दै टीमलाई विजयी गराएका हुन् । भोलीको खेल रमपम झापा ११ र रुपन्देही ११ विच प्रतिष्पर्दा हुने आयोजक जिल्ला फुटवल क्लव इलामका अध्यक्ष निरोज खड्गीले जानकारी दिए ।
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment