प्रेम दिवसको नेपाली रंग

युवराज गौतम

यस धर्तीमा हरेक जिवित प्राणीले एक आपसमा प्रेम गरिरहेको हुन्छ । प्रेम विना कुनै पनि प्राणी जिवित रहन सक्दैन् । प्रेम गर्ने तरिका फरक हुन सक्छन् । प्रेमको परिभाषा फरक तरिकाले परिभाषित गरिएको हुनसक्छ । तर हरेक प्राणी प्रेम विनाको जिवन कल्पनै गर्न सक्दन् । प्रेमले आत्माको भाव वोलेको हुन्छ र भावनाले ओतप्रोत भएको हुनसक्छ । वास्तवमा भन्ने हो भने प्रेमले नै चलेको छ यो संसार । प्रेमले नै विश्वमा साना ठूला परिवर्तनहरु भएका छन् । प्रेमले मानिसलाई वदलेको छ र संसार वदलिएको छ । मानिसले एकआपसमा प्रेम नै नगर्दो हो त जिवन सफल र सार्थक वन्न नसक्ला । सफल जिवनको अपेक्षा नै गर्न नसकिएला । विश्वका हरेक प्राणी जगतमा प्रेम भएन भने समाज नै सून्य वन्न सक्छ । मानव र राक्षसमा पनि प्रेमको माधुर्यता पाइएको धार्मिक विश्वास छ । जसले जसरी प्रेमको विश्लेषण गरे पनि शत्रु शत्रु विच पनि एक किसिमको प्रेम अवश्य वसेको हुन्छ । 
प्रसंग भ्यालेन्टाइन डे अर्थात विश्व प्रेम दिवसको हो । पश्चिमा मुलुकबाट भित्रिएको भ्यालेन्टाइन डे मनाउने परम्परा नेपाली समाजमा झाँगिदै जान थालेको छ । पोहोर परार भन्दा यसपाली भ्यालेन्टाइन डे को चर्चा अझ वढी चल्न थालिसकेको छ । यस दिनको प्रतिक्षामा धेरै तन्नेरीले दिनगन्ती गनिरहेका होलान । तिब्र गतिमा वगिरहेको समयको प्रवाह कयौंलाई वोझ वनेर छाइरहेको पनि हुन सक्ला । तेश्रो शताब्दीमा रोमका सैनिकहरु माथि त्यहाँका सैन प्रमुखले अघोषीत रुपमा विवाहमा प्रतिवन्ध लगाए पछि प्रेमको वाँध फूटाएर एक सैनिकले प्रेम विवाह गरेको प्रसंग सँग भ्यालेन्टाइन डेको इतिहास गासिएको छ । क्लाउडियसका पादरीले ति जोडीको विवाह जुराइदिएपछि तिनै पादरीको भ्यालेन्टाइन नामबाट यस दिनको शुरुवाती भएको अनुमान लगाउन सकिन्छ । अन्त्यमा ति भ्यालेन्टाइन पादरीको हत्या भएपछि त्यही दिनबाट भ्यालेन्टाइन डेको परम्परा वसेको इतिहासहरु पढन पाइन्छ । भ्यालेन्टाइनको हत्या पछि त्यो दिन विश्वभरका युवाहरुका निम्ति प्रेमको विजयी भएको दिनका रुपमा मनाउने परम्परा वसेको मान्यता अझै कायम छ । रोममा भएको त्यही प्रेमको सफलताको दिन आज नेपाली समाजमा पनि आइसकेको छ । आधुनिक संस्कृतिले गाँज्दै गरेको नेपाली नयाँ पुस्ताको समाज भित्र यो दिन महान पर्वका रुपमा स्विकारिदैछ ।
हुन पनि यो प्रेम भन्ने चिज सा¥है हरामी हुँदोरहेछ । प्रेमको संसारमा चुर्लुम्म डुब्नेहरु वियोगको पिडामा पनि छटपटाइरहेका घटनाहरु हाम्रो समाजमा छर्लङ्ग देख्न पाइरहेको छ । प्रेममा फसिसकेपछि हाँसो र रोदन दुवैमा भुल्नै पर्ने विवशताहरु पनि रहेछन् । प्रेमकै कारणले मानिसहरु पागलै हुनुपर्ने र जोगी नै वन्नुपर्ने वाध्यताहरु पनि रहेछन् । अझ भनौं प्रेमकै कारणले अधोगतीमा गइरहेको मानिसको जिवन पृथक र सफल भएका उदाहरणहरु पनि प्रशस्त हुँदारहेछन् । प्रेमलाई कसरी स्विकार्दा सफल होइन्छ र असफल होइन्छ भन्ने वास्तविकता हामीमाझ छैन् । साँच्चै भन्ने हो भने प्रेमको वास्तविक परिभाषा नै लगाउन सकिएको छैन् । कस्तो प्रकारले प्रेमको परिभाषा लगाउँदा लागु गराउन सघाउ पु¥याउला भन्ने  छैन् । विश्वका ठूला दार्शनिकहरुले पनि प्रेमको सहि परिभाषा लगाउन सकिरहेका छैनन् । ठूला दार्शनिकहरुले लामो अध्ययन पश्चात प्रेमको परिभाषा लगाए पनि त्यो पूर्ण असफल भएका तथ्यहरु पनि हामीमाझ नभएका होइनन् ।   कुरा जे सुकै भए पनि १४ फेब्रुअरीमा मनाइने भ्यालेन्टाइन डे लाई अब धेरै दिन कुर्नुपर्ने छैन् । नेपाली नयाँ पुस्तालाई अपरिहार्य वनिसकेको यो दिन उल्लासको दिन वनेर आइसकेको छ । अन्य ३ सय ६४ दिनसम्म भन्न नसकेका मनका भावहरु अर्थात उकुशमुकुश भएर मनभित्र गुम्सिएका शब्दहरु भन्नका लागि प्रतिक्षा धेरै दिन गर्नै पर्दैन् । यसै दिनलाई सम्झेर मन मरेको युवक अथवा मन परेकी युवतीलाई प्रेम प्रश्ताव राखेर प्रेममय रोमञ्चकारी जिवन व्यथित गर्ने अभिलाषा थुप्रै युवापुस्ताले संगालेर राखेका होलान् । प्रेम विवाह मार्फत नै सार्थक जिवन जिउने कल्पाना थुप्रैले गरेको हुनुपर्छ । आँट र साहस नभएका युवापुस्ताले भ्यालेन्टाइन डे लाई नै पर्खिरहेका छन् । युगल जोडीहरु चाहीं उपहार जोहो गर्न लागि परेका पनि होलान् । खैर जे भए पनि भ्यालेन्टाइन डेको प्रतिक्षामा धेरै तन्नेरी औंला भाँचेर दिनगन्ति चाहीं गरिरहेका छन् । सायद यो पवित्र दिनमा सयौं ओटहरु घण्टौं जोडिदैछन् । ठूला शहरका डान्स वार र डिस्कोमा तन्नेरीले अध्यारो रातलाई उज्यालो वनाइदिनेछन् । पार्कहरुमा घण्टौं सम्म भविष्यका सुखद दिनहरु साँचिनेछन । रातो गुलाफले नवजोडीहरुको सामिप्यता वढाइदिनेछ । यस्तै तवरले प्रेम दिवस मनाइदैछ । त्यसैले अव भनौं खुलेर मनाऔं प्रेम दिवस । 
हुनत छाडा वन्दै गएको हाम्रो समाजमा प्रेम गर्ने तरिकाहरु फरक फरक छन् । कसैले देखावटी र वनावटी प्रेम गरेर अस्तित्व लुटदै होलान् । कसैले साथि संगतको लहलहैमा लागेर कुरकुरे प्रेम गरेको होलान त कसैले अन्तर आत्मादेखि चोखो र पवित्र प्रेम गरेर उदारणीय पनि वनेका होलान् । तर जे भए पनि सच्चा प्रेम सफल नभइ छाडदैन् । दुइतर्फी रुपमा अन्तर आत्मा देखि गरिएको पवित्र प्रेम सफल नहुने कुरै पनि भएन् । त्यसैले भ्यालेन्टाइन डे को महत्वलाई बुझ्नु उत्तिकै जरुरी छ । पश्चिमा संस्कृतिलाई नेपाली समाजमा भित्राएर पे्रमको खिल्ली उढाउनु र समाज दुषीत पार्नु हुदैन भन्ने कुरा सबैले मनन गर्नुपर्छ । यस दिनको महत्वलाई बुझेर प्रेमको उचित सम्मान गर्नु नै समाजलाई पवित्र बनाउनु हो । प्रेम दिवसलाई रमाइलो मनोरञ्जनका रुपमा मात्र नभएर प्रेम शिक्षाको रुपमा पनि वनाउनु आवश्यक छ । युगल जोडी घुमेर भ्यालेन्टाइन डे मनाउनुको विकल्प समाजलाई कुनै चेतना दिने कार्य गरेर उदाहरण पस्किन पनि जरुरी देखिन्छ । भ्यालेन्टाइन डे मनाउने तरखरमा जुटनु भएका हरेक सचेत युवालाई प्रेम दिवस उश्रृखलरहित सम्मानजनक रुपले खुल्ला हृदयले मनाउन आग्रह गर्दै मंगलमय शुभकामना । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment