सडेको अवस्थामा मानव कङ्काल फेला

खोटाङ, २ चैत । सडेको अवस्थामा खोटाङमा मानव कङ्काल फेला परेको छ ।
जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बाँझेच्यानडाँडा गाविसको वडा नं १ सेखुवाको जङ्गलमा बेवारिसे अवस्थामा मानव कङ्काल फेला परेको हो ।
खोटाङ र भोजपुरको सीमानजिक घना जङ्गलमा घाँस काट्न जाने स्थानीयले सोमबार बेलुका कङ्काल फेला पारेका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो । सडेको कङ्काल वरपर लुगाफाटासमेत नभएकाले पहिचान गर्न गाह्रो भएको प्रहरीले जनाएको छ ।
पुरुषको जस्तो देखिने कङ्काल दुई÷तीन महिनाअघि मारेर फालिएको हुनसक्ने अनुमान गरिएको स्थानीय इन्द्रबहादुर रोकाले जानकारी दिनुभयो ।
सेखुवा गाउँबाट करिब दुई घन्टा पैदल यात्रापछि पुगिने जङ्गलमा फेला परेको शव सर्जमिन मुचुल्का उठाएर दाहसंस्कार गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment