अठार वर्षमुनिको बालविवाह त्रियासी प्रतिशत

सप्तरी, २ चैत । यहाँ १८ वर्षभन्दा कम उमेरमा विवाह गर्नेको सङ्ख्या ८३ प्रतिशत रहेको बताइएको छ ।
सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बालविवाह तथा दाइजो उन्मूलन राष्ट्रिय अभियानका संयोजक राजकुमार महतोले सन् २०१५ मा गरिएको अनुसन्धानले सप्तरीमा १५ वर्षभन्दा मुनिका उमेरमा विवाह गर्नेको सङ्ख्या भने २८ प्रतिशत देखिएको बताउनुभयो ।
खासगरी दाइजो प्रथाका कारणले बालविवाहको सङ्ख्यामा वृद्धि भएको र यो समस्या तराई मधेसमा मात्रै नभई हिमाल, पहाड र राजधानी काठमाडौँमा समेत देखिएको संयोजक महतोले जिकिर गर्नुभयो ।
बालविवाह र दाइजो उन्मूलन अभियानका सदस्य रुपा झाले दहेजरुपी दानवलाई समाप्त पार्न सबै पक्षले आआफ्नो स्थानबाट आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment